पोखरामा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

  • ख-
  • ख+

कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २६ विजयपुरमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख २९४८ नम्बरको ट्रक आफैं अनियन्त्रित भई आज बिहान साढे ४ बजे नालीमा पल्टिंदा २ जना पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लमजुङको पार्चे बस्ने ४२ वर्षे भिम बहादुर तामाङ र नाम ठेगाना नखुलेका अन्दाजी ४५ वर्षका अर्का एक पुरुषको मृत्यु भएको हो ।

दुवै जनाको अस्पतालमा उपचारको क्रममा आज बिहान ५ बजेर ५५ मिनेटमा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?