एमालेमा कार्यविभाजनः खगराजलाई संगठन, प्रदीप ज्ञवाली स्कुल विभाग प्रमुख (सूचीसहित)

  • ख-
  • ख+

काठमाडौं । नेकपा (एमाले) का कार्यविभाजन भएको छ । केन्द्रीय कमिटीको दोस्रो बैठकले एमाले नेताहरुको कार्यविभाजन गरेको हो । अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको समग्र जिम्मेवारी दिइएको छ। त्यस्तै महासचिव शंकर पोखरेले पनि पार्टीको समग्र जिम्मेवारी पाएका छन् ।

महत्वपूर्ण विभाग मानिने संगठन विभाग प्रमुखमा खगराज अधिकारी नियुक्त भएका छन् । त्यस्तै अर्को महत्वपूर्ण विभाग स्कुलमा प्रदीप ज्ञवाली चयन भएका छन् । प्रचार विभाग पृथ्वीसुब्बा गुरुङले पाउँदा योगेश भट्टराईले स्वास्थ्य तथा जनसंख्या विभागको जिम्मेवारी पाएका छन्।

केपी ओलीः समग्र पार्टी

ईश्वर पोखरेलः नीति अनुसन्धान प्रतिष्ठान

युवराज ज्ञवालीः स्थानीय तह प्रदेश र संघ

अष्टलक्ष्मी शाक्यः राजनीतिक समन्वय

रामबहादुर थापा बादलः राष्ट्रिय सुरक्षा

विष्णु पौडेलः पार्टी संगठन अनुगमन

सुवास नेम्वाङः ससदिय अनुगमन

सुरेन्द्र पाण्डेः राजकीय मामिलाको जिम्मेवारी

महासचिवः समग्र पार्टी

प्रदीप ज्ञवालीः स्कुल विभाग

पृथ्वीसुब्बा गुरुङः प्रचार विभाग

विष्णु रिमालः आर्थिक लेखा लगायत

स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखः योगेश भट्टराई

कार्यालय सचिवः भीष्म अधिकारी

संगठन विभागः खगराज अधिकारी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?