तनहूँ । श्रम रोजगार तथा सामाजिक विकास मन्त्री कृष्णकुमार श्रेष्ठ किसानले तनहूँवासीको शिर झुक्ने कुनै पनि काम नगर्ने बताउनुभएको छ । उक्त कुरा उहाँले रिपोर्टस क्लबले तनहूँको दमौलीमा गरेको पत्रकार साक्षात्कार कार्यक्रममा व्यक्त गर्नुभएको हो । उक्त अवसरमा उहाँले वैदेशिक रोजगारीमा जानेलाई ठग्ने , श्रम शोषणा गर्ने , विदेश जादा गार्हो पर्ने , वैदेशिक रोजगार विभागका कामहरु चुस्त दुरुस्त राख्ने काम मन्त्री भए पश्चात आफुले गरेको बताउनुभयो । साथै उहाँले कोरियन भाषा परिक्षा पास गरेर रोकिएकाहरुलाई कोरिया पठाउन लागिएको , कामदारको रुपमा जापान , बेलायत जान पनि सजिलो बनाउने काम गरिरहेको , श्रम प्रहरीको अवधारणा अगाडि बढाएको कुनै पनि नेपाली चाहे विदेशमा होस् चाहे मेनपावर व्यवसायीको कारणले ठगिन नदिने गरि काम गरेको बताउनुभएको थियो ।
रिपोर्टस क्लब गण्डकी प्रदेशका सभापति मदन वाग्लेको सभावपतित्वमा भएको कार्यक्रममा नेकपा समाजवादी का केन्द्रीय सदस्य शंकरनारायण श्रेष्ठ , व्यास नगरपालिका वडा नं. ४ का अध्यक्ष विश्व न्यौपाने लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा पत्रकारहरुको जित्राशाकाृ उत्तर दिदै मन्त्री श्रेष्ठले श्रम मन्त्रालयमा भ्रष्टाचार हुन्छ, अनियमितता हुन्छ भन्ने कुराहरुलाई चिर्दै आफु अगाडि बढेको र वैदेशिक रोजगारीमा जाने र मेनपावर व्यापारीबिच रहेको खाडल पुर्न लागिपरेको बताउनुभएको थियो ।








