काठमाण्डौ । नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ।
मंगलबार आएको रिपोर्टमा उहाँलाई कोरोना संक्रमण पुष्टि भएको स्रोतले जानकारी दिएको छ। होम आइसोलेशनमा रहनुभएका उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको पनि श्रोतले जनाएको छ।
केहिदिन अगाडि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, माओवादी नेता एवं पुर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेताहरूलाई कोरोना संक्रमण भएको छ।








