टिपरको ठक्करबाट पौडेलको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

  • ख-
  • ख+

दाङ । दाङमा टिप्परको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका – १ की ३५ वर्षीय डीला पौडेल रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई पूर्व-पश्चिम् राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका-१ पाखापानीमा रा१ख १२८६ नम्बरको टिपरले बिहान ६ बजे ठक्कर दिएको थियो ।

साइकलमा दूध बेच्न भालुवाङ जाँदै गरेकी पौडेललाई टिपरले ठक्कर दिएको हो । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?