तनहूँ । स्थानिय तहको निर्वाचन २०७९ बाट व्यास नगरपालिकाको कार्यभार सम्हालेको १ सय दिन पुगेको उपलक्ष्यमा व्यास नगरका जनप्रतिनिधिहरुले उपलब्धी आज एक पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ ।
सय दिनको उपलब्धी हेर्दा नगरपालिकाको कार्यालय र वडा कायर्षलयहरुमा सहायता कक्ष संचालन, निःशुल्क , फोटोकपी उपलब्ध र नगरवासीका समस्या सुुन्न टोल फ्रिको व्यवस्थालाई उपलब्धीको रुपमा व्याख्या गरिएको छ ।
हरेक महिनाको २ गते नगरवासीसग गरिने सम्वादले पनि ठुलै उपलब्धी हुने जनप्रतिनिधिहरुको विश्वास रहेको छ । व्यास ७ मा संचालनमा ल्याईएको समता स्कुलले व्यास नगरको कीर्तिलाई फैलाउने पनि जनप्रतिनिधिलाई विश्वास रहेको छ ।
बर्षौसम्म हल हुन नसकेको फोहोर मैला व्यवस्थापनको लागि व्यास १० मा जग्गा खरिद विवादमा परेको भएपनि व्यास नगरपालिकाले त्यसलाई पनि सय दिनको उपलब्धीको रुपमा व्याख्या गरेको छ ।
अघिल्ला जनप्रतिनिधिहरुले अगाडि बढाएको व्यास १० बैरेनी जग्गा विकास योजनालाई उपलब्धीको रुपमा व्याख्या गरेको व्यास नगरपालिकाले जनतालाई राहत दिने र आँउदा बर्षहरुमा बिकास निर्माणका नयाँ कार्यहरु गर्ने लक्षण सय दिनको उपलब्धी हेर्दा सोच्न सकिने अवसर प्रदान गरेको छैन ।














