तनहुँ । जेसीआई व्यास नगर वर्ष २०२३ का कार्यकारिणी समिति तथा जेसीज सदस्यहरूको पहलमा बाढीपीडित परिवारका लागि रु. ५१ हजार २३ रुपैयाँ २६ पैसा आर्थिक सहयोग गरिएको छ।

तत्कालीन अध्यक्ष जेसी राजु रानाको नेतृत्वमा संकलन गरिएको उक्त रकम विपद् बाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि प्रदान गरिएको हो।

सहयोग हस्तान्तरण गर्दै तत्कालीन अध्यक्ष रानाले कार्यकाल समाप्त भए पनि समाजप्रतिको जिम्मेवारी निरन्तर रहने बताए। उनले विपद्को समयमा प्रभावित परिवारलाई सहयोग गर्नु सबैको मानवीय दायित्व भएको उल्लेख गरे।

बाढी तथा पहिरोजस्ता प्राकृतिक विपद् बाट प्रभावित परिवारलाई राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सहयोग रकम उपलब्ध गराइएको जेसीआई व्यास नगर २०२३ ले जनाएको छ।