तनहुँ । तनहुँ दमौलीको दमौली मोडल एकेडेमीले विपद् प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० हजार १०० रुपैयाँ आर्थिक सहयोग गरेको छ।
विद्यालयले राष्ट्रिय विपद्को समयमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम नेपाल बैंक लिमिटेड, दमौली शाखामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको दमौली मोडल एकेडेमीका अध्यक्ष हरि कार्कीले जानकारी दिएका छन् ।
राहत कोषमा जम्मा गरिएको रकम विपद् बाट प्रभावित नागरिकको राहत तथा उद्धारमा उपयोग हुने उद्देंश्यले संकटका बेला विद्यालयले गरेको यो सहयोगले सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको भावना प्रस्तुत गरेको विद्यालयका प्रिन्सिपल प्रकाश खड्काले बताएका छन् ।














