तनहुँ । आँबुखैरेनी पर्व श्रीकृष्ण जन्माष्टमी जात्रा २०८३ का लागि संकलन गरिएको आर्थिक रकममध्ये हिजो सम्पन्न आमभेलाको निर्णयअनुसार बाढी तथा पहिरो पीडितहरूको सहयोगार्थ २५ प्रतिशत रकम सहयोग गर्ने निर्णय गरिएको थियो।
जम्मा संकलित रकममध्ये संस्थाको निर्णयअनुसार रु. २५,०२५/- (पच्चीस हजार पच्चीस रुपैयाँ मात्र) रसुवा, धादिङ, नुवाकोट, गोरखा लगायतका क्षेत्रमा रहेका बाढी तथा पहिरो पीडितहरूको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
साथै, आगामी दिनमा स्थानीय स्तरमा बाढी तथा पहिरो पीडितहरूलाई आवश्यक सहयोग गर्नुपर्ने अवस्था आएमा रु. ३५,००० देखि रु. ४०,००० सम्म थप रकम राहत तथा सहयोगका लागि खर्च गर्न सकिने जानकारी संस्थाका अध्यक्ष मनोज कुमार श्रेष्ठले जानकारी गराउनु भएको छ।













