काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत सिभिल इन्जिनियर जनक राज बोहरा सम्पर्कविहीन भएका छन्।

बोहरा अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको कोरियन कम्पनी दोसान (Doosan) मा सिभिल इन्जिनियरका रूपमा कार्यरत रहेको जनाइएको छ। भदौ १० गते रसुवामा आएको भीषण बाढीपछि उनी परिवार तथा आफन्तको सम्पर्कमा नरहेको भन्दै खोजीका लागि सहयोगको अपिल गरिएको छ।

बोहरा केदासेंढुड गाउँपालिका–५, बझाङ निवासी रहेका छन् ।

उनको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा ९८४८३९७८२९ नम्बरमा तत्काल सम्पर्क गरिदिन परिवार तथा सम्बन्धित पक्षले आग्रह गरेका छन्।

बाढीका कारण रसुवालगायत विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला बोहराको अवस्था अज्ञात भएपछि आफन्त तथा शुभेच्छुकहरू चिन्तित बनेका छन्। उनको खोजीमा सहयोग पुर्‍याउन जानकारी भएको व्यक्तिलाई सम्पर्क गर्न र सूचना शेयर गरिदिन आग्रह गरिएको छ।