तनहूँकी चेली विमला परियार र भरत परियारको गितको म्युजिक सार्वजनिक

  • ख-
  • ख+

आरजु पौडेल । काठमाडौँ। बहुप्रतिभाशाली गायक तथा गायिका भरत परियार र विमला परियारको युगल स्वरमा नयाँ गीत ‘यो मन दुःखेको’ म्युजिक भिडियो सार्वजनिक भएको छ।

भरत परियारको शब्द र संगीत रहेको उक्त गीतको म्युजिक भिडियोमा महेश महराको छायांकन तथा नविन घर्ती मगरको सम्पादन रहेको छ। जीवन के.सी.ले निर्देशन गरेको म्युजिक भिडियोमा शंकर आरजे, रविना भित्रिकोटी, लक्ष्मी तामाङ, मुकेश बुढाथोकी लगायतका कलाकारहरुको अभियन देख्न सकिन्छ।
केही समयमा पहिले प्रदेशी बोलको गीत बजारमा ल्याएर चर्चा कमाएका गायक परियारको यो गीतले पनि चर्चा पाउने धरैले आशा गरेका छन् । हामीले निकै मेहनतका साथ मर्मस्पर्सी शब्दहरु र सुमधुर म्युजिकका साथ राम्रो म्युजिक भिडियो बनाएका छौ श्रोता तथा दर्शकको पक्कै माया पाउनेछौ उक्त गीतकी गायीका विमला परियारले सर्बज्योति सम्वाददातासगको कुराकानीमा बताउनुभएको थियो ।
लामो समयदेखि संगीत प्रशिक्षण लिनुभएकी तनहूँकी चेली विमला परियारले यसभन्दा अगाडि पनि थुप्रै गीतहरु गाईसक्नुभएको छ, अघिल्ला गीतहरु जस्तै यो गीत चल्नेमा निकै आशावादी रहनुभएको छ ।
(भिडियो सहित)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्