तरुण दलका नेता मोहन कुमार श्रेष्ठ र मनराज गुरुगंको गीतको म्युजिक भिडियो जापानबाट सार्वजनिक

  • ख-
  • ख+

काठमाण्डौ । आफ्नो देशको माया र कला र संस्कृतिको जर्गेना गर्न स्वदेशमा बसेर मात्र हैन विदेशमा बसेर पनि गर्न सकिन्छ भन्ने उदाहरण पेश गर्दै जापान बस्नुभएका नेपालीहरुले आज एउटा गीतको म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ ।

व्यास नगरपालिका वडा नंं. ५ का अध्यक्ष एवं व्यास नगरपालिकाका प्रवक्ता मोहन कुमार श्रेष्ठ र मनराज गुरुगंद्धारा रचित ”तिम्रो यादमा पिउने बानीले ” बोलको गीतलाई वहाँहरुले जापानका विभिन्न शहरहरुमा छायांकन गर्नुभएको थियो ।
मनराज गुरुगंले संगीत दिनुभएको ” तिम्रो यादमा पिउने बानीले ” बोलको गीतको म्युजिक भिडियोमा विजय थापा, सोनाली परियार, बिनोद खत्री , पवन राजा, सपना थापा , मनोज के.सी., विनम जंग खत्री र रिमा खत्रीको अभिनय रहेको छ । उक्त म्युजिक भिडियो अजित जंग क्षेत्री र तेजिन्द्र भण्डारीले छायांकन गर्नुभएको भने म्युजिक भिडियोको निर्देशन मनराज गुरुगं र विजय काजीको रहेको छ ।
पवन राना मगरको स्वर रहेको उक्त गीतको म्युजिक भिडियोमा प्रेममा रम्न चाहने युवाको परिस्थितिको चित्रण गरिएको छ ।

(भिडियो सहित)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्