बेरोजगार युवाहरुको पिडा सुनाउदै गायक कृष्ण अधिकारी

  • ख-
  • ख+

आरजु पौडेल । काठमाण्डौ । गायक कृष्ण अधिकारीले आफ्नो शब्द, संगीत र स्वरमा रहेको ” खोई त रोजगारी ? ” गीतको म्युजिक भिडियो ल्याउनुभएको छ । देशमा व्याप्त बेरोजगारी समस्या हुदा हुदै पनि नेताहरुमा कुर्चि मोह देखिएको कारणले नेताहरुलाई युवाहरुको पिर मर्का सुनाउन गीत बनाएको र निकै मिहिनेतका साथ म्युजिक भिडियो बनाएको गायक कृष्ण अधिकारीको भनाई रहेको छ ।

” कहिले होला पाउने हामीले आफ्नै देशमा रोजगारी, जानै नपर्ने गरि खाडिमुलुक सिमा पारि ?” बोलको गीतको म्युजिक भिडियोलाई इमान बस्नेतले छायांकन गर्नुभएको छ भने रामु आचार्याको सम्पादन र निर्देशन रहेको छ। उक्त म्युजिक भिडियोमा रामु आचार्य, टिकाराम लामिछाने, एलिना बर्देवा, ज्योति तामागं र सोम के.सी. लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

तनहूँका गायक कृष्ण अधिकारीले यसभन्दा अगाडि पनि थुप्रै गीत लेखन, गायन तथा गीतमा संगीत दिईसक्नुभएको छ ।
(भिडियो सहित )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्