चक्रपथ स्थित अरिकल इभेन्टको ‘भ्यलेन्टाइन डे’ अफर

  • ख-
  • ख+

काठमाडौं । ‘भ्यलेन्टाइन डे’ लाई मध्यनजर गर्दै चक्रपथको अरिकल इभेन्टले विशेष अफर सार्वजनिक गरेको छ । अरिकल इभेन्टले फेब्रुअरी १४ मा पर्ने प्रेमदिवसको अवसरमा २५०० रुपैयाँमा रेड वाईन सहित बिबिक्यु अफर ल्याएको हो । प्रेम दिवसलाई प्रेमिल र सौहार्दपूर्ण वातावरण माझ मनाउन क्याण्डल लाइटस् डिनरको रोमान्टिक अफर ल्याएको संचालक होम बुढाथोकी जानकारी दिए ।

काठमाडौ स्थित चक्रपथमा अवस्थित अरिकल इभेन्ट बुढाथोकी ब्यापारिक घरानाको पहिलो तर उच्च स्तरिय नेपालको पहिलो पाँचतारे ब्यान्केट हो । लामो समयको तयारीका साथ पूर्ण गृहकार्य गरेर निर्माण गरिएको यो ब्यन्केट आकर्षक पनि छ । हरेक एङगलबाट उत्कृष्ट देखिने यो भेन्यु धेरैको रोजाइमा पर्न थालेको छ । विवाह,ब्रतबन्ध कर्पोरेट पार्टीहरु बाहेक म्युजिक भिडियो सुटका लागि पनि अरिकल इभेन्ट उपर्युक्त छ । लोकेसन र यसको इन्टेरियर डिजाईनले जो कोहीलाई लोभ्याउने गरेको पाईन्छ । यहाँ अन्य ब्युटी ट्रेनिङ तथा फेसन शो, गुन्यु चोली आदी शुभकार्य गर्न पनि पर्याप्त स्थान छ । सम्पूर्ण निर्माण सामाग्रीहरु विदेशबाट झिकाएर बनाएको हुनाले पनि अन्य भेन्यु भन्दा अरिकल अझ पृथक रहेको व्यवस्थापनको दाबी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्