जहाँ रहे पनि आफ्नो कला र संस्कृतिलाई बिर्सन नसकिदो रहेछः गीतकार, संगीतकार मनराज गुरुङ्ग, जापान

  • ख-
  • ख+


२०४८ साल ताका दमौलीमा शायद तनहूँ कै पहिलो पप व्याण्ड खुल्यो दौतरी गु्रप , त्यो गु्रपमा निकै सक्रिय हुनुन्थ्यो व्यास नगरपालिका वडा नं. ४ का मनराज गुरुङ्ग । कन्र्सट गर्न टाढा टाढा पुग्नु घण्टौ गितार, किबोर्डहरुमा घोत्लिनु वहाँ र वहाँका साथीहरुको दैनिकि हुन्थ्यो त्यसैक्रममा तनहूँ कालिका, तीन चौके बाह्र माया नमार, मानुङ डाडैमा जस्ता थुप्रै गीतहरु जन्मे तर मोफसलको बसाई अनि गीत संगीतको क्षेत्रमा लागेर जिन्दगीको रथ गुडाउन नसक्ने देखेर वहाँ रोजगारीको लागि विदेश जानुभयो तर बर्षौ विदेश बस्दा पनि गीत संगीतको तिर्सना नमेटिएकोले केहि महिना अगाडि गुरुङ ल्होसार गित यान खो ङोल्स्यो गीत सार्वजनिक गर्नुभएको थियो र हाल व्यास नगरपालिका वडा नं. ५ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठसगको सहकार्यमा गीत रचना गर्दै, आफ्नो संगीतमा ”तिम्रो यादमा पिउने बानीले” बोलको गीत तयार पारेर जापानमा नै म्युजिक भिडियो निर्माण गर्नुभएको छ तिनै गीत संगीतलाई माया मार्न नसक्नुभएका गीतकार, संगीतकार तथा गायक मनराज गुरुङ्गसग माधब पौडेलले गरेको कुराकानी:

प्रश्नः रोजगारीको सिलसिलामा जापानमा हुनुहुन्छ, कसरी जन्मन पुग्यो ” तिम्रो यादमा पिउने बानीले ” बोलको गीत ?
उत्तरः संसारमा अहिले धेरै मानिसहरु सामाजिक संजालमा सक्रिय छन् , म त झन् विदेशमा भएको कारण घरपरिवार साथीभाईहरुसग सम्पर्कमा रहिरहने भएकोले सामाजिक संजालमा सक्रिय नै थिए त्यसैक्रममा एकदिन फेसबुक खोल्दा व्यास नगरपालिका वाड नं. ५ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठको स्टाटस देखे त्यसले मन छोयो र वहाँसग सल्लाह गरे स्टाटसको बारेमा र उक्त स्टाटसलाई बेसमा राखेर गीत बनाएका हौ ।
प्रश्नः गीतमा यहाँको संगीत पनि म्युजिक भिडियोमा निर्देशन पनि छ यो गीतमा कसरी फुर्सद मिल्यो त विदेशमा बसेर ?
उत्तरः आजकल डिजिटल प्रविधिले संसारलाई एकदम नजिक बनाईदिएको छ, कलाकार जहाँ भएपनि संगीतकार जहाँभएपनि कुनै फरक पर्दैन सजिलै रेकर्ड गर्न, संगीत दिन सकिहालिन्छ ।
प्रश्नः म्युजिक भिडियो जापानमा नै बनाउनुभयो नि किन ? नेपालमा पनि त बनाउन सकिन्थ्यो ।


उत्तरः जापानमा रोजगार भएपछि त्यहि कामको लागि नेपाल जाने कुरा पनि भएन यहि साथीभाईहरुसग मिलेर समय मिलाएर जापानका विभिन्न शहरमा गएर म्युजिक भिडियो बनाईयो । सबैसाथीभाईहरुको सर्पोटले गर्दा खासै अप्ठ्यारो चाँहि भएन । रोजगारीको सिलसिलामा जहाँ रहे पनि आफ्नो कला र संस्कृतिलाई बिर्सन नसकिदो रहेछ ।
प्रश्नः समग्रमा कस्तो पाउनुहुन्छ गीत ?
उत्तरः गीत निकै कर्णप्रिय छ, शब्दहरु मिठा छन्, पार्टीहरुमा बज्ने खालको छ नराम्रो भन्न मिल्दैन ।
प्रश्नः यो क्षेत्रमा लाग्दाका अविस्मरणिय क्षणहरु छन् ।
उत्तरः राजधानीबाट बाहिर बस्दा गीत रेकर्ड गर्न गारो, गीत संगीतमा लाग्न घरपरिवारको खासै सर्पोट नहुनु अनि आफ्ना रचानाहरु अरुले चोरी गरेर गाएर नाम कमाउदा लागेको दुःख त कहाँ बिर्सन सकिन्छ र तै पनि पछि आमाबुबाको सर्पोट र दौतरी ग्रुपका साथीहरु सगै हुन नसके पनि अहिले पनि सर्पोट पाईरहदा खुशी लागिरहन्छ ।
प्रश्नः अन्तमा कसैलाई सम्झन चाहानुहुन्छ ?
उत्तरः मिठो गीत रचना गर्न सहयोग गर्ने मोहनकुमार श्रेष्ठ, चौतारो रेष्टुरेण्ट, कामता सिटी, दिपिका रेष्टुरेण्ट टोकियो, मुस्कान रेष्टुरेण्ट, टोकियो, कलाकारहरु विजय थापा, सोनाली परियार, बिनोद खत्री , पवन राजा, सपना थापा , मनोज के.सी., विनम जंग खत्री, रिमा खत्री, छाँयाकार अजित जंग क्षेत्री, तेजिन्द्र भण्डारी म्युजिक भिडियो निर्देशन सहयात्री समत्र विजय काजी र गायक पवन राना मगर, मलाई सर्पोट गर्नुहुने आमा बुबा र दौतरी गुप्रका साथीहरुलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्