व्यासमा २१ किमि महिला हाफ म्याराथन हुने

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिकाक्षेत्रभित्र पर्यटकहरु आर्कषित गर्न प्रयासरत व्यास नगरपालिकाले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर फागुन २४ गतेका दिन महिला हाफ म्याराथन गर्ने भएको छ । २१ किलोमिटर दुरीको हुने उक्त दौड मादी र शुक्लागण्डकी नदिको पवित्र संगलस्थल व्यास गुफाबाट शुरु भई ऐतिहासिक स्थल तनहूँसुरमा पुगेर समाप्त हुनेछ ।

उक्त दौड प्रतियोगिताको बारेमा व्यास नगरपालिकाले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । उक्त कार्यक्रममा उक्त प्रतियोगिताको तयारी भईरहेको बताईएको थियो । उक्त अवसरमा पुरुषहरुको लागि मानहुँकोट पुलिमर्यागं ४४ किलोमटिरको अल्टा म्याराथन दौड प्रतियोगिता राखेर चर्चा कमाईरहेको व्यास नगरपालिकाले महिला लक्षित दौड प्रतियोगिता अघिल्लो वर्ष नै अन्तर्राष्ट्रिय नारी दिवस कै अवसरमा आयोजना गर्ने तय गरेको भए पनि कोरोना महामारीका कारण स्थगित गरिएको र यस बर्ष प्रतियोगिता आयोजना गरिएको बताईएको थियो ।

उक्त कार्यक्रममा नगर प्रमुख बैकुण्ठ न्यौपाने, उप प्रमुख मिरा जोशी, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देल तथा शिक्षा शाखा प्रमुख नगेन्द्र रेग्मी लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।
प्रथम पुरस्कार ४१ हजार ७७, दोश्रो पुरस्कार ३१ हजार ७७ तथा तेश्रो पुरस्कार २१ हजार ७७ तय गरिएको छ । यसैगरी सान्त्वना पुरस्कार पाँच जनालाई जनही ११ हजार ७७ प्रदान गर्ने नगरपालिका ले घोषणा गरेको छ ।

म्याराथन आयोजनाका लागि नगर प्रमुख बैकुण्ठ न्यौपानेको संयोजकत्वमा सबै नगर सभा सदस्यहरु सदस्य रहने गरी मुल आयोजक समिति गठन गरिएको छ । जसअन्तरगत विभिन्न गठित नौ उप समितिहरु गठन गरिएको छ ।

चेक प्वाइन्ट
म्याराथनका लागि आयोजकले पाँच स्थानमा चेकपोइन्टको व्यवस्था गरेको छ । चेकपोईन्टमा धावकहरुले दौडको नियम पालना गरे नगरेको निरिक्षण गरिनेछ भने धावकका लागि पानि, चकलेट साथसाथै स्वास्थ्य संग सम्बन्धित आवश्यक सम्पुर्ण सामाग्रीहरु सम्बन्धित वडाहरुमा टोल विकास संस्थाहरुको सहभागितामा राखिने नगरपालिकाले जनाएको छ ।

महिला हाफ म्याराथन म्याराथन रुट
व्यास गुफा देखी सफासडक हुदै ट्राफिक चोक, भोर्लेटार चोक, पृथ्वी राजमार्गको तालघरे, मुसेखोला, घाँसीकुवा, पराशर मार्गको सेरा, वेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, गंगलथोक, पत्यारथोक,चण्डीथान, गद्दीचौतारा हुदै व्यास नगरपालिका वडा नं ११ स्थित ऐतिहासीक तनहुँसुर दरबारसम्म रहने पनि जानकारी गराउदछौ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्