भानुको काउरेटारमा २५ हजार पुरस्कारको फुटवल प्रतियोगिता हुने

  • ख-
  • ख+

तनहूँ । काउरेटार युवा क्लवको आयोजना र भानु नगरपालिका वडा नम्बर ९ को आर्थिक सहयोगमा शिवरात्रिको अबसरमा वडा स्तरीय फुटबल खेलको आयोजना हुदैछ । वडा भित्रको खेलाडीको खेल स्तरवृद्धि र खेलप्रेमि सर्वसाधारणलाई मनोरञ्जन प्रदान गर्न खेल आयोजना गर्न लागेको आयोजकको भनाई रहेको छ । भानु नगरपालिका वडा नं. ९ भित्रका खेलाडी र टिमको मात्र सहभागीता जनाउन पाउने खेलमा प्रथम हुने टोलिले नगत २५ हजार नगद मेडल प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् उपबिजेता टोलिले नगद रु. १२ हजार ५ सय को साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकको भनाई रहेको छ । साथै खेलको हरेक बिधामा उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने छ ।
काउरेटार युवा क्लवको खेल मैदानमा हुने उक्त खेल यहि फागुन २४ गते नारी दिवसको दिनबाट सुरु भै फागुन २३ गते (महाशिवरात्रीको दिन) बाट फागुन २७ गतेसम्म संचालन हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्