श्रीमान बोकेर दौडिने प्रतियोगिताकी विजेता बनिन् विष्णु अधिकारी

  • ख-
  • ख+

तनहूँ । श्रीमान् र श्रीमतीबिच सौहार्द सुमधुर सम्बन्धको विकास गर्नको लागि तनहूँ जिल्लाको देवघाट गाँपालिकाले श्रीमान् लाई बोकर दौडने प्रतियोगिताको आयोजना गर्यो ।

नारी दिवसको अवसर पारेर तनहूँको दक्षिणी भेगको देवघाट गाउँपालिकाले सोमबार श्रीमातीले श्रीमान बोकेर दौडने अनौठो प्रतिस्पर्धीको आयोजना गरेको थियो।
उक्त प्रतिष्पर्धामा २४ वर्षका युवादेखि ६५ वर्षीय वृद्धसम्म सहभागी हुनुभएको थियो । उक्त प्रतियोगितामा भाग लिएर निकै मनोरन्जन प्राप्त गरेको सहभागीहरुको धारणा रहेको थियो ।
कालिका माध्यमिक विद्यालयको ग्राउण्डमा उक्त प्रतियोगिताको लागि १ सय मिटरको दुरी कायम गरिएको थियो ।

१४ जोडी सहभागी भएको प्रतियोगितामा बिष्णु अधिकारी र पदम अधिकारी प्रथम, गंगा गुरुगं र नविन गुरुगं दोश्रो, ६५ वर्षीय बमबहादुर थापा क्षेत्रीलाई ४५ वर्षीया श्रीमती सीता थापा तेस्रो बन्न सफल हुनुभएको थियो ।

गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले नारी दिवसकै अवसरमा यस्तो प्रकारको प्रतियोगिता गरेर नारी पनि पुरुषलाई बोकेर जीवनमा अगाडि बढ्न सक्नुहुन्छ भन्ने संदेश दिएको बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्