तनहूँमा रोकिएन गिटी, ढुगां बालुवाको चोरी निकासी

  • ख-
  • ख+

अबैध नदिजन्य पदार्थ उत्खनन् गर्ने एक्साभेटर, ट्याक्टर, टिप्पर नियन्त्रणमा

तनहूँ । प्राकृतिक तथा नदिजन्य पदार्थको असिमति श्रोत भएको तनहूँ जिल्लामा तिनको दुरुपयोग तथा चोरी निकासी हुने क्रम बढेसगै तनहूँ प्रहरीको सक्रियता पनि बढिरहेको छ । तनहूँ प्रहरीले विभिन्न स्थान रमितिमा तनहूँका विभिन्न स्थानहरुबाट एक्साभेटर, ट्याक्टर, टिप्पर नियतन्त्रणमा लिएको छ । चैत्र १६ गते बिहानै म्याग्दे गाउँपालिका वडा नंं. ५ छाङ्पाटन स्थित नदी बगरबाट अबैध रुपमा गिट्टी बालुवा उत्खनन् गर्दै गरेको अवस्थामा ग १ क २८७९ को जेसिबिलाई ईलाका प्रहरी कार्यालय भिमाद तनहुँबाट खटिएको प्रहरी टोलीले फेला परी नियन्त्रणमा लिएको छ । त्यसैगरि २१ गते बिहान व्यास नगरपालिका वडा नं. ७ गलमखोला स्थित सामुदायिक वनको निषेधित क्षेत्रमा अवैध रूपमा ढुङ्गा उत्खनन् गर्दै गरेको ना. १ क ६२५२ नं. को एक्साभेटर सहित ग. १ त ६०९८ नं. को ट्याक्टरलाई जिल्ला प्रहरी चौकी कलेस्ती तनहुँबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको छ । उक्त दिनमा नै तनहुँ भिमाद नगरपालिका वडा नं. ५ एक्ले स्थितमा बिना ईजाजत गिट्टि बालुवा उत्खनन् गर्दै गरेको अवस्थामा एक्साभेटर सहित बालुवा लोड गरेको ग. १ त ४०६१ नं. टिप्परलाई ईलाका प्रहरी भिमाद तनहुँबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको थियो । त्यसैगरि २२ गते बिहान शुक्लागण्डकी नगरपालिका वडा नं. ८ पाटन स्थितमा रहेको जमिनबाट बिना ईजाजत ढुङ्गा माटो उत्खनन् गरीरहेको अवस्थामा ग. १ क ३४३५ नं. को एक्साभेटर सहित लोड गरिरहेका ग. १ त ३१९०, ग. १ त ३४२१ र ग. १ त ३०७० नं. को ट्याक्टरहरुलाई ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको थियो ।
२३ गते नै शुक्लागण्डकी नगरपालिका वडा नं. ९ छहरा स्थितमा रहेको जमिनबाट बिना ईजाजत अबैध रुपमा नदिजन्य पदार्थहरु उत्खनन् गरिरहेको अवस्थामा ग. १ क ३७८८ नं. को एक्साभेटर र ग. १क ३१७५ नं. को जेसिबि सहित ग. १ क ३२५२, ग. १ क ३२५१ नं. को टिप्परलाई ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रवक्ता एवं नायव प्रहरी उपरिक्षक युवराज तिमल्सेनाले बताउनुभएको छ ।
साथै विभिन्न स्थानबाट नियन्त्रणमा लिएका सवारी साधनहरु समबन्धित पालिकाहरुमा बुझाएको र पालिकाहरुले जरिवाना गरेको पनि वहाँले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्