लामा द्गारा आदर्श युवा क्लबलाई जर्सी सहयोग

  • ख-
  • ख+

तनहूँ । भानु नगरपालिका वडा न २ आम्बोटेमा रहेको आदर्श युवा क्लबलाई राष्ट्रिय युवा संघ भानु नगरपालिकाको संयोजक वीर ब लामा (चिजे) बाट १० थान जर्सी सहयोग गर्नु भएको छ।

जर्सीको सहयोगले क्लबलाई खेलक्षेत्रमा राम्रो गर्न हौसला मिलेको वडा सदस्य गणेश ढकालले बताउनु भयो।

जर्सी सहयोग गर्नु भएको संयोजक लामाले विगतमा पनि विभिन्न खेलकुदका कार्यक्रममा युवाहरूलाई सहयोग गर्दै आएको र आगामी दिनहरुमा पनि यस्ता सहयोगमा पछि नहट्ने बताउनु भयो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्