पूर्वराजा रानी कोरोना संक्रमित

  • ख-
  • ख+

काठमाण्डौ । भारतको हरिद्वारमा आयोजित महाकुम्भ मेलामा सहभागी भएर नेपाल फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह र रानी कोमल राज्यलक्ष्मी शाहलाई कोरोना संक्रमण देखिएको छ।
भारतको हरिद्वारमा आयोजित महाकुम्भ मेलामा सहभागी भएर नेपाल फर्केपछि दुबैको पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको पूर्वराजाको सचिवालयले जनाएको छ। मंगलबार पिसिआर रिपोर्ट आउँदा कोरोना संक्रमण देखिएको र दुबै जना अहिले निर्मल निवासको सेल्फ आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको सहयोगी फणिराज पाठकले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्