रोकिएन तनहूँमा गिटी, बालुवाको चोरी निकासी

  • ख-
  • ख+

तनहूँ । अबैध नदिजन्य पदार्थ उत्खनन् गर्ने १ एक्साभेटर, १ JCV, ८ टिप्पर, १ ट्याक्टर जिल्ला प्रहरी कार्यालय तनहूँले नियन्त्रणमा लिएको छ । तनहूँ जिल्लाका विभिन्न स्थानहरु बाट उक्त सवारी साधनहरु नियन्त्रणा लिईएको हो ।

२०७८ बैशाष ८ गतेका दिन बन्दिपुर गाउँपालिका वडा नं. ६ सराङघाटमा हाल बन्द रहेको नमुना ग्रिड एण्ड क्रसर उद्योग प्रा.लि.बाट अवैध रूपमा ढुङ्गा, गिट्टी बालुवा लोड गरी ओसारपसारमा संलग्न ग १ ख ७९९७, बा ए.इ. १००६ ख १९८४, बा. ए.इ १००६ ख १९८३, ग. १ ख. ८७५४, ग १ ख ८२०९, बा ए.इ. १००६ ख १९८२ र बा. ए.इ.९ १००६ ख १९७९ नम्बरको टिप्परहरुलाई जिल्ला तनहुँ व्यास नगरका वडा नं. १३ बेलबासस्थित सराङघाट तर्फबाट दमौली तर्फ ल्याउदै गरेको अवस्थामा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई बन्दिपुर गाउँपालिकाको कार्यालय तनहुँमा पठाइएकोमा उक्त कार्यालयबाट उक्त कार्यालयबाट प्रति टिप्पर १२ हजार रुपैयाका दरले जम्मा ८४ हजार रुपैया जरिवाना गरेको जानकारी प्राप्त भएको छ ।

त्यसैगरि बैशाष ६ गतेका दिन शुक्लागण्डकी नगरपालिका वडा नं. २ साख स्थितमा रहेको सार्वजनिक स्थानबाट अवैध रूपमा बालुवा उत्खनन् गरि लोड लिई हिडेको अवस्थमा ग १ ख ८५६५ नम्बर को टिप्पर र ग १ त २७२७ नं को ट्याक्टरलाई ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहूँबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई शुक्लागण्डकी नगरपालिकाको कार्यालय तनहुँमा बुझाएकोमा उक्त कार्यालयबाट २४ हजार जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालयबाट जानकारी प्राप्त भएको छ । भएको । मिति २०७७ चैत्र ३१ गतेको दिन बिहान ११ बजेको समयमा आबुँखैरेनी गाउँपालिका वडा नं. ३ स्थित मर्स्याङदी नदिको कुडुले घाटमा बालुवा उत्खनन गरी रहेको अवस्थामा ग २ क ४३५३ नं. को जेसिबी र मिति २०७८बैशाष ५ गते बिहान ४ बजेको समयमा आबुँखैरेनी गाउँपालिका कै वडा नं २ स्थित मर्स्याङदी नदिको ढापटार घाटमा बालुवा उत्खनन गरी रहेको अवस्थामा नम्बर नखुलेको स्काईभेटरलाई ईलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई आबुखैरेनी गाउँपालिकाको कार्यालय तनहुँमा बुझाएकोमा उक्त कार्यालयबाट प्रति साधन रु. २० हजारका दरले ४० हजार जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक
युवराज तिमिल्सिनाले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्