दमौली अस्पतालको लापरवाहीप्रति माओवादी नेतृ पौडेलको घोर आपत्ति

  • ख-
  • ख+

तनहूँ । दमौली अस्पतालको लापरवाहीले एक जना मानिसको ज्यान गएको भन्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी की केन्द्रिय सदस्य एवं महिला नेतृ ओमकुमारी पौडेलले घोर आपत्ति जनाउनुभएको छ । हिजो बृद्ध बिरामी अस्पताल आउदा अस्पतालको गेटमा घण्टौसम्म एम्बुलेन्समा रहदा पनि अस्पतालले परिवारजनको रुवाबासी र चित्कार नसुन्दा एकजानले जायन गुमाउनु परेको बताउनुभएको छ साथै उहाँले स्वास्थ्यका सवै संयन्त्रमा माफियाहरुको ठूलो चलखेल छ निकै दादागिरी छ र चरम लापरवाही छ र राज्य प्रशासक कान ढालेर बसेको छ भन्ने प्रष्ट देखिन्छ पनि भन्नुभएको छ । उक्त विज्ञप्तिमा वहाँले आइन्दा यस्ता कर्तुत नदोहोर्याउन त्यस्ता अपराधीले पुन कहिल्यै मुन्टो नउठाउ भन्नका खातिर गम्भीर चेतावनी समेत दिइयोस र राज्यका तर्फवाट आवश्यक एक्सन समेत लिइयोस अन्यथा हरेक हस्पिटल र देशहरुका स्वास्थ्य क्षेत्रका विचौलीयाहरुको यस्तै प्रकारको दादागिरीको परिणाम अझै भयानक हुन सक्छ अझै दुखद हुनसक्छ । त्यसैले बेलैमा अपराधी चिनौ र दण्डित गरौं भन्नुभएको छ । स्मरणिय छ बैशाष २६ गते भानु नगरपािलका वडा नंं १ सालबिस्नेबाट ल्याईएका बिरामीलाई अस्पतालगेटमा पुर्याएपछि चिकित्सकहरुले रेस्पोन्स नगर्दार एबुलेन्सबाट बिरामीलाई अस्पतालभित्र लैजाने व्यवस्था नहुदा उहाँको एम्बुलेन्समा नै ज्यान गएको थियो ।

उहाँको भनाईै जस्ताको तस्तैः
घोर भर्त्सना गम्भीर आपत्ति र कडा कार्वाहीको सम्वन्धमा !

हिजो हाम्रो भानु नगरपालिका वडा नं. १ सालबिस्नेका वृद्ध विरामी बुवा दमौली अस्पतालको गेटमा एम्बुलेन्स भित्रै घण्टौ तड्पिइ रहनु भएको खवर सुन्दा र उपचारका लागी परिवारको बिलौना अनेकौ याचना रुवाबासी र चित्कार सुन्दा लाग्छ हामी सवै नालायक हौ । हाम्रो राज्ययन्त्र खासगरी स्वास्थ्यका सवै संयन्त्रमा माफियाहरुको ठूलो चलखेल छ निकै दादागिरी छ र चरम लापरवाही छ र राज्य प्रशासक कान ढालेर बसेको छ भन्ने प्रष्ट देखिन्छ । कठिन घडिमा विरामीका आफन्तसग हदैसम्मको बार्गेनिङ गर्ने र त्यस प्रकारको बार्गेनिङ सुरक्षित नहुदा विरामी नै सिध्याइ दिने यो प्रकारको गम्भीर अपराधमा संलग्नहरुलाई हदैसम्मको कार्वाही होस । आइन्दा यस्ता कर्तुत नदोहोर्याउन त्यस्ता अपराधीले पुन कहिल्यै मुन्टो नउठाउ भन्नका खातिर गम्भीर चेतावनी समेत दिइयोस र राज्यका तर्फवाट आवश्यक एक्सन समेत लिइयोस अन्यथा हरेक हस्पिटल र देशहरुका स्वास्थ्य क्षेत्रका विचौलीयाहरुको यस्तै प्रकारको दादागिरीको परिणाम अझै भयानक हुन सक्छ अझै दुखद हुनसक्छ । त्यसैले बेलैमा अपराधी चिनौ र दण्डित गरौं मानव जीवनको रक्षा गर्न र महामारीका विरुद्ध लड्न सवै एकजुट होऔ । यस अपराधपुर्ण कार्यको शिकार हुनु भै ज्यान गुमाउन पुग्नु भएका निर्दोष आदरणीय बुवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल उहाँका परिवारजनमा हार्दिक समवेदना सहित तपाईंहरुको न्यायको निमित्त निरन्तर लागि रहने प्रतिवद्दता व्यक्त गर्दछु ।

(माओवादी नेतृ ओमकुमारी पौडेलको फेसबुकबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्