ट्रि इन्टरटेन्मेन्टले ल्यायो १२ लाख खर्च गरिएको म्युजिक भिडियो

  • ख-
  • ख+

टेस्ट गरम, भन के छ बन्दोबस्त, कोरेर मेरो चित्र लगायत दर्जनौं हिट गीत दिइसकेका गायक विश्व नेपाली र प्रतिभाशाली गायिका अस्मिता परियार गाएको आकासैको छानोमुनि बसाऊँ एक शहर गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । सम्भ्रान्त परिवारका युवायुवतीको प्रेम जीवनलाई बर्णन गरिएको भिडियो युट्युबमार्फत् कार्तिक २४ गते सोमवार सार्वजनिक गरिएको हो ।

स्तरिय र उत्कृष्ट स्थानहरुमा छायांकन गरिएको म्युजिक भिडियोलाई उत्कृष्ट बनाउन करिब एक हप्ता लगाएर सुटिङ गरिएको निर्माण युनिटले जनाएको छ ।
कोरोना महामारीको प्रभावले गर्दा गीत संगीतको बजारलाई उल्लेख्य असर गरेपनि गीतलाई राम्रो बनाउन करिब १२ लाख रुपैया खर्च गरिएको म्युजिक भिडियो निर्माण संस्था ट्रि इन्टरटेन्मेन्टले जनाएको छ । अघिल्ला म्युजिक भिडियोहरु पनि उत्कृष्ट पस्कदै आएका विश्व नेपालीको यस गीतलाई पनि लोकेशन, प्रपर्टीले गितलाई उत्कृष्ट बनाएको छ ।

नयाँ अनुहार रोचक जोशी र बलिउडमा संघर्षरत् नेपाली मोडल मुना गौचनको उत्कृष्ट अभिनयले पनि भिडियोको ओज बढाएको छ भने उत्कृष्ट गायक गायिका, कलाकार, संगीतकर्मीहरु र दक्ष मेकरहरुसग काम गर्न पाउदा आफ्नो कम्पनीलाई गर्व लागेको बताउनहुन्छ ट्रि इन्टरटेन्मेन्टका प्रमुख दिनेश दर्शनधारी । उक्त गीतको सङ्गीतकार निर्देशक आनन्द राई, सङ्गीत संयोजक गोपाल रसाइली, रचनाकार डा. राजुबाबु श्रेष्ठ र भिडियो निर्देशक दिपेश सापकोटा हुनुहुन्छ ।


(भिडियो सहित)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्