तनहूँ । मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचनको लागि तनहूँ क्षेत्र नं. १ (२) मा नेकपा एमालेको तर्फबाट रत्नकुमार श्रेष्ठ प्रदेशसभा सदस्यको उमेदवारको आकांक्षी बन्नुभएको छ ।
”आफु नेकपा एमालेको सच्चा सिपाही भएको कारण देश र पार्टीको उन्नती प्रगतीको लागि उमेदवार बन्न लागेको” आकांक्षी रत्नकुमार श्रेष्ठको भनाई रहेको छ ।
संघिय तथा पप्रदेश सभाको निर्वाचन घोषणा पश्चात तनहूँमा नेपाली कांग्रेसका तर्फबाट आकांक्षीहरु देखिएपनि नेकपा एमालेबाट आकांक्षीहरुले बाहिर ईच्छा प्रकट नगर्दा श्रेष्ठले आफु प्रदेशसभा निर्वाचनमा एमालेको तर्फबाट उमेदवार बन्ने बताउनुभएको हो ।
नेकपा एमालेबाट तनहूँ क्षेत्र नंं १ (२) मा प्रदेश सभा सदस्य उमेदवारको आकांक्षी श्रेष्ठ घरेलु महासंघका केन्द्रिय अध्यक्ष , मध्य पर्यटन बिकास समितिको सदस्य, क्षेत्रिय होटल संघ तनहूँको अध्यक्ष, मानव अधिकार एवं कैदी बन्दि न्यायिक सरोकार मन्च नेपालको उपाध्यक्ष लगायत विभिन्न संघसंस्थामा बसेर सेवा गरिरहनुभएको छ ।








