छाब्दि मन्दिरमा पुजा गरि चुनाव प्रचार शुरु गर्दै पृथ्वीनारायण श्रेष्ठ

  • ख-
  • ख+

( पुजा पश्चात आफैद्धारा निर्माण गरिएको मुर्त अगाडि मुर्तिकार पृथ्वीनारायण श्रेष्ठ)

तनहूँ । निर्वाचनको मिति घोषण्ण भईसकेको र उमेदवार मनोनयनको मिति आई नसकेपनि तनहूँ जिल्ला क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य पदमा स्वतन्त्र उमेदवारी घोषणा गर्नुभएका दमौली बजार निवासी पृथ्वीनारायण श्रेष्ठले चुनाव प्रचार शुरु गर्नुभएको छ । श्रेष्ठ आज बिहान तनहूँको पवित्र धार्मिकस्थल छाब्दि बाराही मन्दिरमा पुजा गरि आफ्नो चुनावी प्रचार प्रसार अभियान शुरु गर्नुभएको हो ।
”देशका तमाम बेथितिहरु देखि जनता दिक्क भएका छन् पार्टीका कामहरुबाट दिक्क भएका छन् त्यसैले पनि कुनैपनि पार्टीको सपोर्ट नलिईकन स्वतन्त्र रुपमा उमेदवार बन्न लागेको हुँ , मान्छेहरुलाई उमेदवारी दर्ता नगरिकन प्रचार गर्नु अलि छिटो लाग्ला तर नेताहरुको काम देखेर आत्तिएका जनतालाई नआत्तिनुस् म मैदान आईसके भन्नको लागि चाडै नै प्रचार प्रसार शुरु गरेको हुँ” छाब्दि बाराही मन्दिर परिसरमा रहेको श्रेष्ठ आफैले निर्माण गरेको मुर्ति अगाडि उभिएर उहाँले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्