सिटिजन्स बैंकका सिइओको तलब १ करोड ७६ लाख

  • ख-
  • ख+

काठमाडौं । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले एक वर्षमा १ करोड ७६ लाख रुपैया तलबभत्ता बुझेका छन् । आर्थिक वर्ष २०७८।७९ मा पोखरेलले यो रकम बुझेका हुन् । अघिल्लो वर्ष (२०७७।०७८) मा एक करोड ३१ लाख रुपैयाँ तलब भत्ता बुझेका थिए । वाणिज्य बैंकहरुमा सबैभन्दा पहिला साधारण सभा सिटिजन्स बैंकले गरेको छ ।
साधारण सभामा सार्वजनिक गरिएको बैंकको वार्षिक प्रतिवेदनमा पोखरेलको तलब भत्ता उल्लेख छ । उनको तलब भत्ताबाट सरकारले पनि ८१ लाख ९१ हजार रुपैयाँ पाएको छ अर्थात उनले सो रकम करको रुपमा सरकारलाई बुझाएका हुन् । यो कर कटाएर भने पोखरेलले ९४ लाख ३८ हजार रुपैयाँ तलब बुझेको बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख छ । जसमध्ये पोखरेलले तलब बापत ८४ लाख रुपैयाँ बुझेका छन् । भत्ता बापत ६० लाख रुपैयाँ बुझेका छन् ।

सञ्चय कोषको लागि ८ लाख ४० हजार तथा बिदाबापत १२ लाख २६ हजार पाएको बैंकले जनाएको छ । यस्तै, अन्य सुविधाअन्तर्गत दुई लाख १४ हजार बुझेका छन् । बैंकले पोखरेललाई गाडी तथा पेट्रोल सुविधा पनि दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?