नेकपा एमाले तनहूँका उमेदवार एकबहादुर र पुर्ण गुरुगं घरदैलौ गर्दै

  • ख-
  • ख+

तनहूँ । मंसिर ४ को निर्वाचनको तयारीमा लाग्नुभएका नेकपा एमाले तनहूँ का उमेदवारहरु घरदैलौमा हिड्नुभएको छ । तनहूँ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उमेदवार एकबहादुर राना र तनहूँ क्षेत्र नं. १ (२) का प्रदेश सभा सदस्य पुर्ण बहादुर गुरुगंले आज संयुक्त रुपमा घरदैलो कार्यक्रम गर्नुभएको हो । राना र गुरुगंले व्यास १ का विभिन्न स्थानहरुमा मतदातालाई भेटघाट गर्नुभएको थियो ।
हामीले धेरै मतदाताहरुसग अन्तर्क्रिया गर्यौ लामो समयसम्म कांग्रेस जनप्रतिनिधिहरु चुनेको कारण पनि यो क्षेत्रको सोचेजस्तो बिकास हुन नसकेकोले नेकपा एमालेप्रति सद्भाव पाएका छौ प्रतिनिधि सभा सदस्यका उमदवार रानाको भनाई थियो ।
आम मानिसले गाडिमा सरर हिड्ने होईन जनताको कुरा सुन्ने, जनतासग मिल्न सक्ने, जनताको काम गरिदिनको लागि कटिब भएर लाग्ने मानिस खोजेको आभाष भएको छ ति सबै कुरामा आफु खरो उत्रिन ुसक्नेभएकोले पनि आफु मतदाताले मत दिनेमा विश्वस्त भएको प्रसिद्ध छाव्दिबाराहीको दर्शन पश्चात घरदैलोमा हिड्नुभएका प्रदेश नं. १(२) का प्रदेशसभा सदस्यका उमेदवार पुर्णबहादुर गुरुगंको भनाई थियो

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?