तनहूँ । देशको राजनीतिक अवस्था बिगार्न बर्तमान् राजनीतिक दलका नेताहरुको चरित्रको मुख्य भुमिका बताउदै आउनुभएका तनहूँ क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उमेदवार पृथ्वीनारायण श्रेष्ठ आफ्नो निर्वाचन क्षेत्रको दौडाहामा हुनुहुन्छ ।
श्रेष्ठले तनहूँ क्षेत्र नं. १ मा रहेको व्यास र भानु नगरपालिकाका विभिन्न वडाहरुमा मतदाताहरुसग भेटघाट गर्नुभएको छ ।
”मतदाताहरु यसभन्दा अगाडिका जनप्रतिनिधिहरुको कामबाट अत्यन्तै असन्तुष्ट रहेको र सबैले स्वतन्त्र विचारधारा भएको, जनताको मर्का बुझ्ने निर्वाचनको बेलामा हात जोड्दै मात्र होईन समय समयमा आफ्नो घर दैलोमा आउने उमेदवार खोजेको’‘ आफुले पाएको श्रेष्ठको भनाई छ ।
मतदाताहरु सारै निराश भएको पाए ”यतिका बर्षसम्म फलानोलाई जितायौ खोई छोरो अरब नपाठाईकन भएन, कृषकले खेतिपातिमा हाल्न मल नपाउदा कोहि नेता बोल्दैनन् अहिले नमस्कार गर्दै घरदैलोमा टुप्लुक्कआईपुग्छन्” मतदाताले भन्ने गरेको र उहाँले ”म अरुभन्दा फरक रहेको, बोलेको कुरा पुरा गर्ने भएकोले आफुलाई मतदान गरि विजयी गराए तपाईहरुका समस्या हल गर्न सदा साथमा रहने” घरदैलोका क्रममा मतदाताहरुलाई बताएको श्रेष्ठको भनाई रहेको छ ।








