तनहूँ । सुषुप्त रुपमा आफ्नो घर दैलो अभियान चलाईरहेको नेकपा एमाले तनहूँ क्षेत्र नं. १ ले सशक्त रुपमा आफ्नो घरदैलौ अभियान चलाएको छ । त्यसैक्रममा तनहूँ क्षेत्र नं. १ क का प्रदेशसभा सदस्यका उमेदवार राम बहादुर गुरुङले व्यास १० बैरेनी जोगिटारबाट घरदैलो अभियान शुरु गर्नुभएको छ ।
”निर्वाचन आयोगको कार्यतालिकासँगै नेकपा (एमाले) ले जनतासँगको घरदैलो कार्यक्रम तिव्रता दिएको” उमेदवार गुरुगंको भनाई रहेको छ ।
”आफुले अघिल्लो कार्यकालमा गरेका कामहरुको जनताले सम्झिरहेकोले पनि जनतामाझ जान सजिलो भएको” पनि उमेदवार गुरुगंको भनाई रहेको थियो ।
उक्त अवसरमा उक्त क्षेत्रका बासिन्दाले ”अघिल्लो कार्यकालमा राम्रो काम गरेको कारण रामबहादुर गुरुगंलाई पुन जिताउन सोच्नुपर्ने कारण नभएको ” बताउनुभएको थियो ।








