तनहूँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् तनहुँ क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार किरण गुरुङ्गले आफ्नो पार्टीले नेतृत्वले गर्दा भएका विकास निर्माण कार्यको जनताले मुल्यांकन गर्ने समय आएको बताएका छन् ।
आइतवार शुक्लागण्डकीका विभिन्न क्षेत्रमा भएका मतदाता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सडक, खानेपानी र विद्युत लगायतका क्षेत्रको सबै स्थानमा समान ढंगले विकास गर्ने निति सरकारले ल्याएको उनले बताए । एक घर एक धाराको शुरुवात गण्डकी प्रदेशको अर्थमन्त्री हुदा हामीले शुरुवात ग¥यौं, उनले भने, ‘यसअघि शहरमा मात्र घरघरमा धारा थिए । अहिले ग्रामिण भेगमा पनि खानेपानीका धारा बन्ने क्रम चलिरहेको छ । यसले शहर र गाउँलाई हेर्ने दृष्टिकोण एउटै भएको छ ।’ उनले बितेका समयमा विकासको लहर शुरुवात गर्ने समयको मुल्यांकन आगामी मंसिर ४ भएको उल्लेख गरे । गण्डकीमा करिव साढे तीन वर्ष पृथ्वी सुब्बा मुख्यमन्त्री हुदा किरण अर्थ मन्त्री थिए । विपक्षीले यस क्षेत्रमा जितेर गएका व्यक्तिले केहि काम गरेन भनेर हल्ला फिजाउने गरेको बताउदै उनले विगतको ५ वर्षलाई मुल्यांकन गरि मतदान गर्न अपिल गरे । स्थानीयले दुलेगौंडा हर्कपुर मोटरमार्ग निर्माणबारे उम्मेदवार गुरुङको ध्यानाकर्षण गराएका थिए । उम्मेदवार गुरुङले आफूनै अर्थमन्त्री हुदा परेको यस सडक निर्माण व्यवसायी र विभिन्न कारणले सम्पन्न हुन नसकेको बताउदै सम्पन्न गराउन आफ्नो पहल रहने जानकारी दिएका थिए ।
तनहुँ २ प्रेदश १ का उम्मेदवार श्यामराजा महतले शुक्लागण्डकी क्षेत्रको क्रमिक रुपमा विकास हुदै गएको बताउदै निर्माणाधिन र अब गर्नुपर्ने काम आफूले गर्ने बताए । उनले योजनाकासाथ निर्वाचनमा होमिएको बताउदै गर्न सकिने काममात्र मतदातालाई भन्ने गरेको प्रष्ट पारे । ‘कतिपयले तपाईलाई ठूला आश्वासन दिन आउँलान । उनीहरुप्रति सचेत हुनुहोला,’ उनले भने, ‘म गर्न सकिने काम मात्र तपाईकोबीचमा लिएर आएको छु ।’
आइतवार शुक्लागण्डकी–३ को कालीम¥याङ, उदेनढुंगा, वनकेवा, कवासे, वडा नं. ५ को बेलचौतारा र ६ को तीनखोले, ग्यारसिङ, बग्याम लगायतका विभिन्न स्थानमा घरदैलो भएको थियो । सो क्रममा स्थानीयले स्वागत गर्दै जितको शुभकामना दिए ।








