अशोककुमार श्रेष्ठ मतदाताको मन जित्दै

  • ख-
  • ख+

तनहूँ । तनहूँ जिल्ला क्षेत्र नंं १ प्रदेश नं. १ को प्रदेश सभा सदस्य उमेदवार अशोककुमार श्रेष्ठ घरदैलो कार्यक्रममा सक्रिय हुनुभएको छ । नेपाली कांग्रेसको पुर्व जिल्ला सचिव भईसक्नुभएका श्रेष्ठ प्रदेश सदस्य भएपश्चात आफुले जनताको लागि गर्ने कामहरुको फेरिहस्त बुझाउदै मतदाता सामु पुग्नुभएको छ ।

लायन्स क्लब अफ् ३२१ बि वान् का गर्भनर भएर लामो समयदेखि समाजसेवा गरिरहनुभएका श्रेष्ठ ”चुनावमा सहभागिता पहिलो भएपनि समाजसेवाका माध्यमबाट जनताले आफुलाई चिनेको र तनहूँ उद्योग बाणिज्य संघको अध्यक्ष हुदाँ लामो गरेको सेवाहरुबाट जनताले मुल्यांकन गर्ने ” बताउनुभएको छ ।

‘अशोक कुमार श्रेष्ठ एउटा संघर्सषिल राजनीतिकर्मी , समाजसेवी र उद्यमी पनि हुनुहुन्छ त्यसैले अत्यन्तै राम्रो रुपमा लिएका छन् । राजनीतिमा पनि सेवा गर्ने मौका नपाएको असल व्यक्तिको रुपमा लिएको कारण अशोक कुमार श्रेष्ठको पक्षमा चुनावी वातावरण एकदमै राम्रो बनेको र जनताको मन जित्ने काम गरेको ” उहाँसगै चुनाव प्रचारमा खटिनुभएका स्थानिय कांग्रेस नेताको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?