नेपाली कांग्रेस परित्याग गरि भानु ७ मा युवाहरु एमाले प्रवेश

  • ख-
  • ख+

तनहूँ । तनहूँको भानु नगरपालिका वडा नं. ७ मा नेपाली कांग्रेस त्याग गरि युवाहरु नेकपा एमाले प्रवेश गर्नुभएको छ ।

भानु ७ विरुवाटारका रामकुमार श्रेष्ठ, कमल नारायण श्रेष्ठ, सुमन कुवर , सुमन पन्त लगायतका युवाहरु तनहूँ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उमेदवार एवं नेकपा एमालेका केन्द्रीय सदस्य एकबहादुर राना र क्षेत्र नं. १ प्रदेश १ का उमेदवार रामबहादुर गुरुगंको हातबाट टिका र दोसल्ला लगाई प्रवेश गर्नुभएको हो । उक्त अवसरमा रानाले नेकपा एमाले मात्र राष्ट्रको हित गर्ने पार्टी मानेर नेकपा एमालेमा प्रवेश गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

उक्त अवसरमा प्रवेशीहरुले केपी ओलीले चुच्चे नक्शा जारी गरेको, चीनसग पारवहन सन्धि गरेको र राष्ट्रवादी अडानका कारण आफुहरु प्रभावित भएर नेकपा एमाले प्रवेश गरेको बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?