तनहूँ क्षेत्र नं. १ का जनताले परिवर्तन चाहेका छन्ः स्वतन्त्र उमेदवार पृथ्वीनारायण श्रेष्ठ

  • ख-
  • ख+

तनहूँ । तनहूँ क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उमेदवार पृथ्वीनारायण श्रेष्ठले भानु नगरपालिका जनताले परिवर्तन चाहेको बताउनुभएको छ । चुनाव प्रचारको क्रममा ३ दिने घरदैलो कार्यक्रम गरेर फर्कदा श्रेष्ठ उक्त कुरा बताउनुभएको हो ।
भानु नगरपालिकाका विभिन्न वडाहरु भ्रमण गर्दा आफुले जनताहरुमा पुराना जनप्रतिनिधि तथा पुराना पार्टीका नेताहरु प्रति अति नै गुनासोहरु रहेको पाईएको बताउनुभएको छ ।
मतदाताहरुहरु अब त पुग्यो बर्षौसम्म आम्रो जनजिवनमा परिवर्तन नल्याउने नेताहरुसम्म भन्ने गरेको र अब जिल्लाबाट केन्द्रमा प्रतिनिधिहरु नयाँ, उर्जाशिल र वचनको पक्का प्रतिनिधि चुनेर पठाउने बताउनुभएको श्रेष्ठको भनाई छ ।
लामो समयदेखि मुर्तिकला तथा चित्रकारिता गर्नुभएका श्रेष्ठ देशको अवस्था झन् झन् बिग्रेदै जानुमा वर्तमान् नेर्तव पंक्तिको दोष देखेर प्रतिनिधि सभा सदस्य बन्नको लागि उमेदवार बनेको बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?