विद्या ढकालको तनहूँ १ प्रदेश १ मा विजयी हुने दावी

  • ख-
  • ख+

तनहूँ । पार्टी अध्यक्ष केपी ओलीसग विमति भएपश्चात हुदाँ खाँदाको जनमत भएको पार्टी नेकपा एमाले विभाजन पश्चात नेकपा एकिकृत समाजवादीको नेता बन्नुभएका तनहूँका पुराना नेता विद्या ढकाल ‘‘मंसिर ४ मा हुन लागेको प्रदेश सभा सदस्यको निर्वाचनमा आफु विजयी हुने’‘ विश्वास व्यक्त गर्नुभएको छ ।

स्थानिय निकायको निर्वाचनमा सत्तारुढ गठबन्धनको सहयात्री दल नेपाली कांग्रेसले साथ नदिएपछि भनेजस्तो मत ल्याउन नसकेको एकिकृत समाजवादी पार्टीबाट तनहूँ क्षेत्र नं. १ को प्रदेश नं. १ बाट प्रदेश सभा सदस्यको उमेदवार बन्नुभएका ढकाल ”आफ्नो विचार , त्याग र जनताप्रति देखाएको सर्मपणले आफु विजयी हुने” मा ढुक्क हुनुहुन्छ ।

भानु नगरपालिकाका ढकाल ”आफुले हरहमेशा जनताको काम गरेको र अरु उमेदवारहरुभन्दा बढि नै परिचित भएको कारण पनि कांग्रेस तथा कम्युनिष्ट मतदाताको पहिलो रोजाई आफु नै हुने ” विश्वास व्यक्त गर्नुभएको छ साथै मतदाताहरुले एक पटक अरु पार्टीका उमेदवारहरु र आफुबिच तुलना गरेर मत दिन पनि ढकालले आग्रह गर्नुभएको छ ।

सत्तारुढ गठबन्धनका सहयात्री दल भएपनि तनहूँ जिल्लामा नेपाली कांग्रेस र नेकपा माओवादीको अहंकारले आफ्नो दललाई तिरस्कार गरेको अनुभव गर्दै ४ वटै प्रदेश सभा निर्वाचनमा नेकपा एकिकृत समाजवादीका नेताहरु क्रमश क्षेत्र नं. १ प्रदेश नंं १ बाट विद्या ढकाल , प्रदेश नं. २ बाट कलिला खान, क्षेत्र नं. २ प्रदेश नं. १ बाट दुर्गाकुमार श्रेष्ठ र प्रदेश नं. २ बाट प्रताप लाल श्रेष्ठले उमेदवारी दिनुभएको थियो ।

४ जना उमेदवार मध्ये कलिला खानले गठबन्धनका उमेदवारलाई समर्थन गरि उमेदवारी फिर्ता लिईसक्नुभएको छ भने अर्का उमेदवार दुर्गाकुमार श्रेष्ठ नेकपा एमालेका उमेदवारलाई सर्मथन गर्दै पार्टी परित्याग गरि नेकपा एमाले प्रवेश गरिसक्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?