मतदाताको प्रतिक्रियाबाट अशोक श्रेष्ठ उत्साहित

  • ख-
  • ख+

तनहूँ । मंसिर ४ को प्रदेश सभा निर्वाचनमा तनहूँ क्षेत्र नं. १ प्रदेश नं. १ को नेपाली कांग्रेसका उमेदवार अशोककुमार श्रेष्ठ मतदाताहरुको प्रतिक्रियाले आफु उत्साहित भएको बताउनुभएको छ । मतदाताहरुको घरदैलोमा पुग्दा थतनहूँ उद्योग बाणिज्य संघ तनहूँको अध्यक्ष हुदाँ गरेको कामहरु र लायन्स क्लबको गर्भनर हुदाँ गरेका कामहरु सम्झनुहुन्छ र यसपटक तपाइलाई मत दिने बताउदा आफु उत्साहित बनेको उहाँको भनाई रहेको छ ।
नेपाली कांग्रेसले यसभन्दा अगाडि पनि जिल्लामा विभिन्न विकास निर्माणका कामहरु गरेको कारणले पनि आफुलाई विजयी हुन सजिलो हुने उहाँको भनाई रहेको छ ।
श्रेष्ठको नेकपा एमालेका प्रदेश सभा सदस्यका उमेदवार गण्डकी प्रदेशका पुर्व सांसद रामबहादुर गुरुगं र अर्का प्रदेश सभा सदस्यका उमेदवार नेकपा समाजवादीका नेता विद्या ढकालसग प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?