जनताले युवा उमेदवारलाई विजयी बनाउन चाहेका छन्ः पुर्ण गुरुगं प्रदेशसभा सदस्य उमेदवार तनहूँ १ ख

  • ख-
  • ख+

तनहूँ । तनहूँ क्षेत्र नं. १ प्रदेश नं. २ का नेकपा एमालेका उमेदवार पुर्णबहादुर गुरुगंले मतदाताहरुले युवाउमेदवारलाई मत दिन चाहेको बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्रका विभिन्न गाउँ, शहर, टोल वस्तिमा पुग्दा आफुले जतदाताबाट उक्त भनाई सुनेको गुरुगंको भनाई छ । पुराना नेताहरुप्रति तिव्र असन्तुष्टि देखाएर जनताले एय तपाई त युवा हुनुहुदोरहेछ हाम्रो कुरा त सुन्नुहुन्छ नि भन्ने गरेको र उहाँहरुको कुरा सुन्दा पुराना जनप्रतिनिधिहरुले गर्न सक्ने कामहरु पनि नगरेको आफुले महसुस गरेको गुरुगंको भनाई छ ।
छिम्केश्वरी डाँडा, पहाडकी रानी बन्दिपुर, हिन्दुहरुको पवित्र स्थल देवघाट र छाब्दि बराही मन्दिरका लागि थुप्रै कामहरु गर्न सकिने ति स्थानहरुको कारण याृ क्षृत्रमात्र होईन पुरा जिल्लालाई फाईदा पुग्ने कामको लागि आफु लागि पर्ने गुरुगंको भनाई रहेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीको राष्ट्रवादी अडानका कारण आफु नेकपा एमालेको प्रदेश सभा सदस्यको उमेदवार बनेको बताउने गुरुगंको गण्डकी प्रदेशका पुर्व मन्त्री एवं माओवादी केन्द्रका नेता हरिबहादुर चुमानसग प्रतिष्पर्धा हुदैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?