गजलः उहिलेका कुरा

  • ख-
  • ख+

(श्रीराम भट्टराई)

गुन्द्री बुन्न बाबियालाई बनाएर डोरि।
सांझ पख आगो ताप्दै बुहारी र छोरी।
अहिले जस्तो थाल् कचौरा पैला पाइन्थेन।
भोज् भतेर् मा गांस्थे पात् को टपरी र खोरी।
कुट्ने पेल्ने अहिले जस्तो मेशिन् कहाँ थियो।
काठ् को कोल् मा लगि पेल्थे उखु,शर्सिंउ र तोरि।
गाई पाल्थे भैंसी पाल्थे खान्थे दूध र घिउ।
घर घर् मा मत्थे दहि दिनहुँ ठेका भोरी भोरी ।
सबै चिज घरमा आयो सुख, सुबिधा छ।
नुन,तेल खेप्न पैला पुग्नु पर्थ्यो ठोरी।
बिषादी बिकासे ले आज संसार ढाक्यो।
थांक्रा माथी लोकल कांक्रा फल्थे, खान्थे चोरी चोरी।
ऐले सुन्दा कतिलाई त झुट्टो लाग्न सक्छ।
हाम्रो समाजभित्र ठूलो यै छ कमजोरी।
हाम्रो समाजभित्र ठूलो यै छ कमजोरी।।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्