तनहूँ । नेपाल शिक्षक सङ्घ तनहूँको अध्यक्षमा पुराना शिक्षाकर्मी ज्ञानेन्द्र न्यौपानेको दावि पेश गर्नुभएको छ । यहि फागुन २४ गते हुने शिक्षक संघ तनहूँको निर्वाचनमा शिक्षक पेशालाई सफल र सन्तुष्ट बनाउनको लागि आफुलाई विजयी बनाउन न्यौपानेले सबै शिक्षकवर्गमा अनुरोध गर्नुभएको छ ।
न्यौपानेले ”शिक्षक, कर्मचारीहरुको पेशागत आत्मसम्मान, सुरक्षा, अधिकार र मर्यादा सुनिश्चित गराउनु र सबै शिक्षकहरूलाई सम्मानजनक र सन्तोषजनक काम गर्ने वातावरण निर्माण गर्नु निर्वाचित भएपछि आफ्नो पहिलो दायित्व हुने” बताउनुभएको छ ।
”शिक्षक, कर्मचारीहरुलाई ज्ञान, सीप र चेतनामा बृद्धि गर्न, जीवनमा सफलता ल्याउन र गुणस्तरीय शिक्षा स्थापित गर्ने शैक्षिक कार्यक्रम ल्याउनको लागि खटेर काम गर्नु पनि आफ्नो कर्तव्य हुने” पनि न्यौपानेले बताउनुभएको छ ।
अध्यक्षका आकांक्षी न्यौपाने ”आफु शिक्षकहरूको आर्थिक र सामाजिक सुरक्षाका लागि सहकारी अभियानलाई अघि बढाउँदै, सहकारी संस्थाको स्थापनामा कृयाशिल रहनु , शिक्षक कल्याणकारी कोषलाई निरन्तर दिन लागिपर्ने र शिक्षक संघको भवन, अतिथि शिक्षक आवास भवन निर्माणमा लागि पर्ने ” प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
नेपाल शिक्षक संघ तनहूँका का संघीय प्रतिनिधि न्यौपाने ”आफु शिक्षकहरुको हकहितमा हिजो पनि लागेको आज पनि लाग्ने र भोलि पनि निरन्तरता दिने भएकोले शिक्षक साथीहरुले विजयी बनाउन महत्वपूर्ण भुमिका खेल्ने” पनि बताउनुभएको छ।








