संघीयता खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई चित्रबहादुर केसीसहितले बुझाए ज्ञापनपत्र

  • ख-
  • ख+

काठमाडौं । संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार ज्ञापनपत्र बुझाएका छन् ।

पार्टीका अध्यक्ष चित्रबहादुर केसीसहितको केन्द्रीय प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएका हुन् ।

पार्टी केन्द्रीय प्रतिनिधि मण्डलले प्रचण्डलाई भेटेर संघीयता खारेजी, गणतन्त्र, अनावश्यक खर्च कटौती, राष्ट्रियता र जनजीविकाका विषयलाई समेटेर ज्ञापनपत्र बुझाएको एक नेताले बताए ।

प्रधानमन्त्री निवास वालुवाटारमा जनमोर्चाका अध्यक्ष केसी, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधुकुमार क्षेत्री तथा केन्द्रीय सदस्य घनश्याम न्यौपाने पुगेका थिए ।

नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्