राष्ट्रिय युवा संघ नेपाल तनहूँ देबघाटको अध्यक्षमा शुक गुरुङ्ग निर्विरोध चयन

  • ख-
  • ख+

तनहूँ । राष्ट्रिय युवा संघ नेपालको तनहूँको देवघाट गाउँ कमिटिको तेस्रो अधिवेशन सम्पन्न भएको छ । देवघाट गाउँ कमिटिको अधिवेशनबाट अध्यक्षमा सुकु गुरुङ निर्विरोध चयन हुनुभएको हो । त्यसैगरी उपाध्यक्ष नर बहादुर थापा, सचिव बिष्णुप्रसाद पाण्डे, उप सचिव किरण मल्ल र एक माया गुरुङ लगाएत ३१ जनाको कमिटि गठन भएको छ ।
नेकपा एमाले तनहूँ जिल्ला उपाध्यक्ष हरिराज कडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कडेलले राष्ट्रिय युवा संघका युवाहरुले देशमा परिवर्तनको लागि महत्वपुर्ण भुमिका खेल्ने गरेको बताउनु भएको थियो । उक्त अवसरमा उहाँले राष्ट्रिय युवा संघ नेपाल नेकपा एमालेको सबैभन्दा महत्वपुर्ण भातृसंगठन भएको बताउनु भएको र युवा संघले देश र जनताको पक्षमा जहिले पनि अगाडी सरेर काम गर्ने गरेको समेत बताउनुभएको थियो ।

उक्त कार्यक्रममा बिशिष्ट अतिथि नेकपा एमाले जिल्ला सदस्य एवम् युवा इन्चार्ज देवन गुरुङ, अतिथिहरु नेकपा एमाले जिल्ला सदस्य शिव पौडेल, राष्ट्रिय युवा संघ नेपाल तनहूँ जिल्ला कमिटि अध्यक्ष मदन तिमल्सेना, देवघाट गाउँ कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपाने, लगाएतले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

राष्ट्रिय युवा संघ नेपाल, तनहूँ जिल्ला कमिटि उपाध्यक्ष बासुदेव पुडासैनी, उप-सचिव सुरेन्द्र तमाङ, राष्ट्रिय युवा संघ नेपाल व्यास नगरका अध्यक्ष अजित पन्थ, शुक्लागण्डकी नगरका अध्यक्ष भगवान पुन लगाएत राष्ट्रिय युवा संघ नेपाल तनहूँ जिल्ला सदस्यहरु, देवघाट गाउँपालिका युवाहरुको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्