हिउ र हावाहुरीले हुम्लाका वासिन्दा प्रभावित: तापक्रम माईनस ८ डिग्री

  • ख-
  • ख+

सिमकोट । कर्णाली प्रदेशको उच्च हिमाली जिल्ला हुम्लामा चिसो बढेसँगै हिमपात भएको छ ।
लगातार परिरहेको हिमपातको कारण सदरमुकाम सिमकोटसहितका भागहरुमा चिसो बढेर जनजीवन बष्टकर बन्दै गएको छ ।
हिमपातले गर्दा सडकमा हिउ जमेपछि सिमकोट आसपास चल्ने सडक अवरुद्ध भएका छन् । हिमपातको कारण तापक्रम माईनस ८ डिग्रीभन्दा तल झरेको हुनाले उत्तरी हुम्लाका मान्छेहरु गाँउ छोडेर बेशी झरेका छन् भने गाँउघरमा हुने सरकारी कार्यालय मानिससहरुको आवागमन नभएपछि कामकाजहरु ठप्प प्राय भएका छन् भने कर्मचारीहरु कसरी तातो बनेर बस्ने ध्याउन्नमा भएको कार्यालयहरुमा देख्न पाईन्छ ।

हिमाली जिल्ला भएकोले सधै चिसो हुने ठाँउ भएपनि गत आइतबारदेखि जिल्लाका उच्च क्षेत्रमा हिमपात भएकोले मानिसहरुलाई सारै सकस भएको छ । सदरमुकामको तापक्रम माईनसमा झर्नु र बेसीतिर पानी पर्नुले पनि मानिसहरुलाई जिविकोपार्जनमा कष्ट भईरहेको छ । हुम्ला जिल्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गरेको कारण मानिसहरु चिसोबाट बच्न आगो ताप्ने गर्छन् ।

हिमपातले गर्दा रुखविरुवा र जमिनमा पनि हिउ भरिएर पनि सेतै भएको हुनाले मानिसहरुलाई मात्र नभएर पशुहरुलाई पनि निकै गारो भईरहेको स्थानिय शिक्षाविद् धनबहादुर रावत (धनन्जय) को भनाई रहेको छ । मध्य पुसमा नै हिमपात र हावाहुरी चलिरहेको हुनाले अझै हिमपात हुने स्थानिय वासिन्दाले अनुमान गरेका छन् ।
(स्थानिय धनबहादुर रावलको सहयोगमा तयार पारिएको )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?