कोरानाको प्रभावः बेलायती अस्पतालमा शय्या अभाव

  • ख-
  • ख+

नेपालमा कोरोनाको प्रभाव कम भएपनि पछिल्लो समय युरोपमा यसको प्रभाव ह्वात्तै बढेको छ । कोरोना भाइरस संक्रमितको संख्या वृद्धि भएका कारण बिहीबार इंग्ल्यान्डका अस्पताल प्रमुखहरूले शय्या व्यवस्थानमा कठिनाइ भएको बताउनुभएको छ ।
चिकित्सक तथा स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले अपेक्षाकृत सकारात्मक सुधार देखिँदा पनि लन्डनका अस्पतालहरू दुई साताभित्रमा क्षमताभन्दा बढी बिरामी हेर्नुपर्ने अवस्था पुग्ने प्रशासनलाई बताएको एक गोप्य स्रोतले एएफपीलाई बताउनुभयो ।
बेलायतमा बुधबार ६२ हजारभन्दा बढी व्यक्तिमा कोभिड–१९ भएको उल्लेख गरिएको छ । दक्षिण–पूर्वी इंग्ल्यान्डमा कोरोना संक्रमितको संख्यामा नाटकीय वृद्धि देखिएको छ । यो क्षेत्रमा हालैका साताहरूमा नयाँ प्रकारको कोभिड–१९ का जीवाणु पाइएको बताइएको थियो । बेलायतका अस्पतालमा भर्ना भई उपचार गराइरहेका संक्रमितको संख्या ३० हजारभन्दा बढी पुगेको छ । पहिलो चरणमा संक्रमित भएपछि उपचार गराउनेको संख्या योभन्दा निकै कम थियो ।

इंग्ल्यान्डका अस्पतालहरूको प्रतिनिधित्व गर्ने एनएचएस प्रमुखले भने, ‘तीव्र वृद्धिले अस्पतालका उपचाररत केही बिरामीहरूलाई नर्सिङ होम वा केयर होममा केही थप शय्या व्यवस्थापन गरी सार्न बाध्य तुल्याएको अस्पताल सञ्चालकहरूले बताउनुभएको छ ।

क्रिस होपप्सनका अनुसार गएको एक साताको अवधिमा मात्र इंग्ल्यान्डमा ५ हजार नयाँ बिरामीलाई भर्ना गरिएको छ । ‘यो कोभिड–१९ का बिरामीका लागि छुट्याइएका शय्याभन्दा १० गुणा हो । साँच्चै यो निकै चुनौतीको विषय हो,’ वहाँले भन्नुभयो । चिकित्सकहरूले कोभिड–१९ को बढ्दो क्रमसँगै संक्रमण नियन्त्रणका उपायलाई कडाइका साथ अपनाउन वा पालना गर्न आग्रह गर्नुभएको छ । नियमको पालनामा कडाई नगरे अझै अवस्था भयावह हुनसक्ने वहाँहरुको भनाई रहेको छ ।
(एजेन्सिको सहयोगमा तयार )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्