डा. रुद्रनाथ अधिकारी प्रख्यात ज्योतिषका रुपमा चिनिनु हुन्छ । उहाँलाई नेपाली समाजमा पुराणवाचक पंडित भनेर पनि धेरैले चिनेका छन् । उहाँको पुराण (कथा) वाचन शैली फरक खालको छ । उहाँलाई धार्मिक एवं सामाजिक व्यक्तित्व भनेर चिनाइरहनु पर्दैन ।
ग्रह, दशा र भविष्य हेराउनका लागि उहाँको आँगनमा उच्च ओहोदामा कार्यरत प्रशासक, ब्यापारीदेखि राजनीतिज्ञसम्मको भीड लाग्छ । त्यसैले राजनीति गर्ने नेताहरु उहाँको घरमा धाउने गर्छन् । पूर्व मन्त्रीहरुदेखि वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समेत उहाँले भविष्यबाणी गरिसक्नु भएको छ । उहाँले गर्ने भविष्यबाणी प्राय मिल्ने गर्छन् ।
पछिल्लो समयमा उहाँलाई गीतकारको रुपमा चिनिन थालिएको छ । उहाँका गीतहरुमा पनि मौलिकता पाइन्छ । सुख, दुःख, हाँसो ठट्टा, उत्साह उमङ्गका गीतहरुले लेखेर डा. अधिकारीले कला क्षेत्रमा आफूलाई स्थापित गराइसक्नु भएको छ । गायक प्रमोद खरेल, शिब परियार, दिपक लिम्बु, स्वरुप आचार्य लगायतका गायकहरुले उहाँको रचनामा स्वर दिएका छन् ।
आफूलाई प्रसिद्ध ज्योतिष, पंडित गुरुदेबसँगै गीतकारकारुपमा स्थापित गराउन सफल डा. अधिकारीसँग हाम्रा प्रतिनिधि लक्ष्मण पोखरेलले गरेको कुराकानी ।
तपाइँ प्रख्यात कथा वाचक पंडित र ज्योतिष पनि हुनुहुन्छ । यसबारेमा केही बताईदिनुहुुन्छ की ?
तपाइँले भने जस्तै मलाई नेपाली समाजले कथा बाचक पंडित र ज्योतिषका रुपमा चिन्दै आएको छ । मेरो परिवार धार्मिक परिवार पनि हो । मेरो पीताजी र हजुरबा पनि त्यो समयका प्रख्यात ज्योतिष एवं धार्मिकका रुपमा चिनिनुु भएको थिथो । ज्योतिष विद्या मेरो परम्परागत पुख्र्यौली पेशा पनि हो । यी सबै हाम्रो पिता पुुर्खादेखि चलिआएको पेशा हो । मेरा पिताजी तेजनाथ पंडित र हजुरबुुबा कालीदास अधिकारी लमजुु«ङ जिल्लामा मात्र नभएर गण्डकी अंचलकै प्रख्यात पंडित एवं ज्योतिष भनेर कहलिनु भएको थियो । ठुुलोबुुबा पंडित वामदेब अधिकारी त नेपालभर प्रख्यात हुनुुहुन्थो । यो भयो मेरो घरपरिवारिक पृष्ठभूमि । धार्मिक र ज्योतिष बिज्ञानमा कहलिएको । त्यसैले मलाई पनि यस पेशामा लाग्न हौसला मिलेको थियो । पारिवारिक वातावरणले गर्दा म सानैदेखि ज्योतिषसँगसँगै कथा वाचक वेदपुराण उपनिसद कर्मकाण्ड सबैमा रुची राख्ने गर्थेँ ।
ज्योतिष र कर्मकाण्डी शिक्षा पिता पुुर्खाबाटै लिनुभयो की अध्ययन पनि गर्नु भयो ?
शुरुवाती ज्ञान पिताजीबाटै लिएको थिएँ । म सात वर्षको उमेरमा रुद्री, चण्डि पाठ गर्न सक्ने भइसकेको थिए । १४ वर्षको उमेरमा त मैले चिना हेराउनेदेखि चिना बनाउने सम्मका कार्यहरु गर्थेँ । वेद विध्यांग देवघाट, सिताराम हाइस्कुलमा अध्ययन गरेँ । वनारस ब्रिन्द्रावनहुु्ँदै महर्षी विश्वविद्यालयबाट ज्योतिष बिज्ञानमा विद्यावरिधि गरेँ । संस्कृत भाषा भनेको ठूलो ज्ञानको ज्योती हो । संस्कृत भनेको दर्शन हो र सिन्धु पनि हो । हामी मानिस भनेका विन्दु हौँ । सिन्धु र विन्दुको संगम भनेको ज्ञान हो । चार लाख नौ सय ग्रन्थका धनी हामी हिन्दुुहरुले त्यसबाट केही ज्ञान दिनु पर्दछ भनेर संस्कृत साहित्य दर्शन शास्त्र कर्मकाण्ड वेद पुराणहरुको क्षिक्षा लिएका हुन् । जुन धार्मिक मात्र नभई बैज्ञानिक पनि छ ।
लामो समयदेखि धार्मिक क्षेत्र र ज्योतिष विज्ञानमा ख्याती कमाइसक्नु भएको गुरु कसरी गीत संगीतमा जोडिन पुुग्नु भयो ?
मान्छेका चाहनाहरु असिमित हुुन्छन् । प्रकृतिको जस्तै । कहिले वशन्त ऋतु त कहिले वर्षा । कहिले शरद त कहिले हेमन्त ऋतु भने जस्तै । ऋतु अनुुसार प्रकृतिले आफ्नो चाल बदले जस्तै म पनि बदलिन चाहन्छु । आँफुलाई फरक ढंगले परिचित गराउन खोज्ने मानिसहरुको चाहना हुन्छ । मानिसको ईच्छा र चाहना समयअनुसार बदलिरहेका हुुन्छन् । मेरो विचार र चिन्तनले पनि यही भन्छ । मेरा जीवनका अध्याययहरु पनि फरक हुनुु पर्दछ । २१ औं शताब्दीको युुग भनेको डिजिटल युुग हो । ईन्टरनेटको युग हो । सामाजिक संजाल र मिडियाको युुग पनि हो । आउने पुस्ताले मलाई खोज्दा एक क्लिक गर्दा भेट्न सकुन् भन्ने मेरो चाहना हो । नेपाली गीत संगीतको क्षेत्रलाई नया ढंगबाट लैजानु पर्दछ भन्ने मेरो पहिलेदेखिको बुुझाई रहेको थियो । यस्तै बुुझाई र चाहनाले गर्दा म यस क्षेत्रमा लागेको हुँ । हिजोका दिनहरुमा अरुका लागि समय खर्च गरेँ । अरुका लागि बाँचे । अबको समय नितान्त आफ्नो लागि देश, समाजको लागि होस् भन्ने चाहन्छु । गीत, संगीतको माध्यमबाट देश र समाजसँग जोडिन सजिलो हुन्छ भन्ने मेरो बुझाई पनि हो ।
नेपाली गीत संगतिलाई नया ढंगबाट लैजाने भन्ने सोच कसरी आयो ?
अवश्य पनि एउटा संगीतप्रेमी भएको नाताले सर्वप्रथम अहिलेको गीत संगीत साथै नेपाली कला क्षेत्रलाई व्यवसायीक बनाउनु पर्दछ । तर कस्तो किसिमको व्यावसायीक बनाउने भन्ने कुुरा प्रधान हो । व्यवसायीकको नाममा उत्ताउलो भड्काउलो गीत संगीतले हाम्रो उद्योग व्यवासायीक बन्दैन । हाम्रो सांस्कृतिक, पराम्परागत साथै साहित्यीक धरातल भन्दा बाहिर जान दिन हुँदैन । यदि धरातलबाट बाहिर गयो भने साहित्य र संगीतले समाजलाई भड्काउछ । हाम्रो पुरानो सभ्यता, परम्परागत संस्कार सांस्कृतिक संगीतको मुल मर्म पनि हो । जसले जीवन र जगतलाई जागृत गराउछ । त्यो नै हाम्रो संगीत हो । यिनै धरोहरमा टेकेर अहिलेको पुस्ताहरुलाई जोड्दै नयाँ प्रविधिसँग जोडिदै नेपाली गीत, संगीतलाई दर्शक श्रोतामाझ लैजाने योजना बनाएको छ । यसैले मलाई आध्यत्मबाट कला क्षेत्रसँग जोडेको हो ।
अहिलेको गीत संगीत प्रतिको बुुझाइमा तपाइँ कत्तिको असन्तुुष्ट हुनुहुन्छ ?
यो प्रश्नलाई त्यसरी पनि नबुुझौँ । तर पनि तपाई हामीले हाम्रो गीत, संगीत साहित्य अहिले कता गइरहेको छ भनेर सोच्ने बेला पक्कै आएको छ । परिमार्जनको नाममा कतै विकृति विसंगती त भित्रीरहेको छैन । मलाई यसमा पनि चिन्ता त्यसैको लागि रहेको छ । तपाई हामी जस्ता देश समाज साहित्य संस्कार सांस्कृति बुुझेका मान्छेले हाम्रो गीत संगीतलाई गतल बाटोमा जान दिनुु हँुुदैन । आधुनिकतामा पनि हामीले सभ्यता रोज्न र खोज्न सक्छौ । हाम्रो मौलिकतालाई जोड्न सक्छौँ ।
समय अनुसार बदलिँदै जानुु पर्छ भन्ने एकथरी मानिसहरु विश्लेषण गर्छन् । अहिलेको नेपाली गीत संगीत र साहित्यलाई उनीहरुले त्यसरी नै व्यख्या गरिरहेका छन् यस विषयमा के भन्नु हुुन्छ ?
समय अनुसार बदलिनु पर्छ । तर केमा बदलिने भन्ने पनि हुुन्छ । बदलिने भनेको प्रविधिमा मात्र होइन । के नेपाली गीत, संगीत र साहित्यको धरातल बदलेर हाम्रो सभ्यता, संस्कार, पहिचान जोगिन्छ त ? यदि समय अनुुसार हाम्रा गीत संगीत साहित्य बदलिँदै जानु पर्छ भन्नेहरुले किन देख्दैनन् आजका हरेक साहित्यीक र सांगीतिक कार्यक्रमहरुमा हिजोकै गीत संगीतकै महत्वलाई ।
यत्ति धेरै विषयहरुका यहाँको ज्ञान रहेको देखियो । धार्मिक कर्म, ज्योतिष र गीत, संगीतमा के भिन्नता पाउनु भयो ?
म समाज शास्त्रको विद्यार्थी पनि हुँ । त्यसैले मैले समाजसँग जोडिने धेरै विषयको अध्ययन गरेको छु । संगीत, प्राकृृृतिक र परम्परागत स्वरुपलाई नियाल्ने हो भने संगीत बिना प्रकृति पनि अधुरो छ । परम्परा पनि अधुरो छ । सृष्टिको शुरुवातमा एउटा यस्तो किसिमको तरंग थियो । जुन तरंगलाई संगीतको रुपमा जीवनका प्रकृतिको तीन संगीत रसका रुपमा लिइन्थो । शिव, ब्रम्ह र नारदजी त्यसैले गीत, संगीत पनि हाम्रा धार्मिक गतिविधिसँग त्यक्तिकै निकट छन् । गीत, संगीत र हाम्रा धार्मिक गतिविधिहरुलाई मैले परिपुुरककै रुपमा लिने गरेको छु ।
गीत, कविता सानैदेखि लेख्नु हुुन्थोकी ?
मेरो लेखन कार्य सानैदेखि स्कूल पढदादेखि कै हो । स्कूलमा हुुने साहित्यीक गतिविधिहरुमा गीत कविता वाचन गर्ने गर्दथे । मैले लेखेका गीत कविताहरुले यतिखेर पनि पुरस्कार पाएका थिए । अहिले आएर कहिल्यै ऋतु सकिँदैन, लाएर माया रित्तिदैन, मैले लेखेको पहिलो कविता हो । स्कूल, कलेजमा पढ्दा खुव लेखियो पनि । त्यस्ता साहित्य गतिविधिहरुमा सक्रिय सहभागिता जनाइयो । मेरो पिताजी आँफै पनि एउटा छन्दको राम्रो कवि हुुनुहुुन्थो । उहाकै प्रभावले पनि मेरो लेखन कार्यमा महत्वपूर्ण भूमिका खेलेको थियो । त्यसै गरी २०४५ सालमा प्रकाशित मेरो चर्चित कविता कालो तक्षताको करालमुखमा जाँदैछ नेपाल यो भन्ने कविताले त्यो समयमा निकै चर्चा पनि पाएको थपियो । उक्त कविता कासीबाट प्रकाशन हुने मासिक पत्रिका नवज्योतिमा प्रकाशन भएको थियो । सो कवितालाई लिएर त्यो समयमा सत्ता पक्ष र प्रजातन्त्र पक्षबीच आरोप र प्रत्यरोप नै चलेको थियो । तत्कालीन सत्ता पक्षले रेडियो नेपाल गोर्खापत्र लगायतका प्रकाशन गृहबाट निरन्तर प्रकाशित गरेको थियो । भने आन्दोलनरत पक्षका केही घटकहरुले प्रजातन्त्र विरोधीको रुपमा चित्रण गरेका थिए । यसलाई वामपन्थीहरुले आन्दोलनकै रुपमा लिएका थिए । मेरो त्यो कविताको सार प्रजातन्त्र विरोधी थिएन । मेरो गीत कविता लेखन कार्य स्कुल कलेज हुँदै यहासम्म आइपुुगेको छ । निरन्तर लेखिरहेको छु ।
पछिल्लो समय गीतकाररुपमा नेपाली सांगीतिक क्षेत्रमा सकृय हुुनुहुुन्छ । गीत रेकर्डिडको सिलसिला कसरी शुरु भयो ?
कतिपय काम र कुराहरु आफ्ना रहरले भन्दा पनि बाध्यताले जोडिएका हुुन्छन् । मेरा जीवनका अनगिन्ती अध्यायहरु सायद तिनैमा खुम्चिएर रहेका थिए होलान् । अहिले मैले यी सबै बाध्यताहरुलाई जितेको छु । आँफूले चाहेको कामहरु गरिरहेको छु । गीतकारको रुपमा सांगीतिक क्षेत्रमा सकृय भइरहेको छु । यो सांगितीक क्षेत्रमा प्रेरणा र ऊर्जा दिने काम मेरा अनन्य मित्र कृष्णदेव रुपाखेतीको कारणले भएको हो । गीत रेकर्डिङको हौसला दिने श्रेय कृष्णदेवजीलाई दिन्छु । संगीतकार कीर्ति न्यौपानेजीलाई पनि सम्झिन चाहन्छु । किन किन तिमी आज मरुभूमी सरी गीतबाट शुरु भएको मेरो गीत रेकर्डिङको सिलसिला डेड दर्जन गीत रेकर्डिङसम्म पुुगेको छ । यो अझै लम्बिने छ । मेरो जीन्दगीको हरेक यात्रा र मोडहरुमा मेरी जीवन संगिनी लक्ष्मी ढकाल अधिकारीको पनि ठूूलो साथ र सहयोग रहेको छ ।
गीतकारको रुपमा थप अर्को परिचय थपिदा कस्तो अनुुभव गर्नुभएको छ ?
गीतकारको रुपमा जब मेरा सृजनाहरु दर्शक श्रोतामाझ पुु्गे । त्यसपछि बल्ल मलाई पूर्ण भएको जस्तो अनुुभूूति गरेको छु । किनभने मेरा सृजनाहरु हिजोसम्म नीजि जस्तो लाग्थो । आज देशको, दर्शक र श्रोताहरु सबैको साझा भएको छ । सबैले मन पराई दिनु भएको छ । एउटा सर्जकको लागि त्यो भन्दा ठूूलो खुसी अरु के नै हुुन्छ र ? नयाँ मान्छेहरुसँग जोडिएर काम गर्न पाएको छु । अहिलेको गीत, संगीतका दर्शक श्रोताहरुको भावना र रोजाइसँग नजिक हुन पाएको छु । एकदम खुसी र रमाइलो लागिरहेको छ ।
हिजो र आजको गीत संगीतमा के फरक देख्नु पाउनु ?
अहिलेको गीत, संगीत र पहिलेको गीत संगीत धेरै फरक छ । पहिलाको गीत संगीतमा नेपाली परम्परा साहित्य, सांस्कृतिक मौलिक पन थियो । प्रत्येक गीतहरु कालजयी हुन्थे । शब्द, संगीत, स्वरमा बेग्लै किसिमको मिठास पन थियो । मानिसका भावनासँग नजिक थिए । अहिलेका गीत, संगीतहरु न पाश्चार्य बन्न सकेका छन्, न त आधुनिक नै । त्यसैले अहिलेका गीत संगीतमा म हाम्रो चीजहरु खोजिरहेको छु । संगीतमा जीवन हुनुु पर्दछ । हाम्रा परम्परागत मौलिक साहित्य संस्कार सभ्यता सहितको संगीत मैले अहिलेको संगीतमा खोजिरहेको छु । त्यसलाई स्थापित गर्न चाहिरहेको छु । हाम्रो मौलिक सांस्कृतिक संस्कार सभ्यता झल्कने गरी शास्त्रीय संगीत साहित्य छन्द शास्त्र साहित्य रस गुण शब्द सबैको संयोजन हुनु पर्छ त्यसलाई स्थापित व्यावस्थापन गर्नुु पर्छ भन्ने मान्यतामा म रहेको छु । अहिले चलेका ट्रेन भन्दा फरक गर्ने गरी मेरा गीतका भावहरु जुन छन् । त्यसले अहिलेका पुुस्तालाई शिक्षा सन्देश दिने र पुुराना संगीत प्रेमीहरुको लागि पनि एउटा साधनाको माध्यम बनोस् भन्ने मेरो जोड रहेको छ ।
नेपाली गीत संगीतमा यहाको भावी योजना केही छ की ?
नेपाली गीत संगीत साहित्यको क्षेत्रलाई केही नयाँ र पुराना पुस्तालाई जोड्ने गरी काम गर्र्दैछु । दर्शक श्रोताहरुको लागि नयाँ नेपाली माटोको लागि केही चमात्कारीक काम गर्ने योजना मै छु । हाम्रो गीत संगीतलाई कसरी विश्व बजारसम्म लैजान सकिन्छ भन्ने विषयमा सोचिरहेको छु । गीत, गजल र भजनहरुको रेकर्डिङ लगायत सांगीतिक क्षेत्रलाई केही योगदान पुुग्ने गरी काम गर्दैछु ।