आमा ! उनीहरूले जे सुकै सोचुन् मैले नहुने बोलेकै छैन,
सेतो लठ्ठी टेकि हिंड्छु ,
हिंड्दा थाहा पाउन सक्ने बाटो चाहियो भन्छु ,
कुन कोठा कता हो हातले छामेर पत्ता लाउन पाम भन्छु ,
मेरो उचाइ हाेंचाे छ ,
मलाई पनि मिल्ने गरि ठाँउ बनाइयोस् भन्छु ,

आमा ! मैले झुठो बोलेकै छैन
व्हीलचियरमा हिंड्छु, र्याम्प वा लिफ्ट चाहियो भन्छु ,
पानी खाइरहन्छु मलाई मिल्ने शौचालय जान पाम् भन्छु ,
म पनि मानव हो मान्वअधिकार छ र त माथिको तलाका कोठा कोठामा जान पाम् भन्छु ,

म दुवै कान सुन्दै सुन्दिन संकेतमा ठाउँ ठाँउमा जानकारी चाहियो भन्छु ,
हातमा मेरो लागि बनेको कानुन छ सो अनुसार कार्यान्वयन गर्नु पर्यो भन्छु ,
आमा ! म उनीहरू जस्तो पार्टीको कार्यकर्ता होईन
मेरो अधिकारको लागि पार्टीको विचारसग साट्न हुन्न भन्छु ।

  • मदन पौडेल, व्यास २ दमौली
अन्तिम पटक अध्यावधिक गरिएको 160 Viewed

प्रतिक्रिया दिनुहोस्