सालोले गरे भिनाजुको हत्या

  • ख-
  • ख+

धनुषा । आमाको सेयरको आम्दानीमा ठगेको थाहा पाएपछि सालाले भिनाजुको हत्या गरेका छन् । सेयर लगानीसम्बन्धी विवादमा सेयर लगानीसम्बन्धी विवादमा धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ७ स्थित क्षिरेश्वर डिष्टिलरीका सञ्चालक प्रमोद रेग्मीको गत माघ १३ गते आफ्नै सालो निरज खातीले हत्या गरेका थिए ।

हत्या भएपछि क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ७ दुर्गा टोल बस्ने ३५ वर्षीय निरज खातीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।
अनुसन्धान क्रममा खातीले भिनाजुलाई कटबाँसको आग्लोले टाउकोमा प्रहार गरेर हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाको भनाई रहेको छ ।

उनका अनुसार उक्त डिष्टिलरीका सञ्चालक रेग्मीसहित चार जना हुन्। त्यसमध्ये खातीकी आमा पनि एक थिइन्।

१० वर्षदेखि सञ्चालन भइरहेको डिष्टिलरी उद्योगमा ४० प्रतिशत सेयर खातीकी आमाको थियो। तर, रेग्मीले सेयर आम्दानी बाँडफाँट गर्दा ३० प्रतिशत मात्र दिने गरेको खातीले थाहा पाएपछि विवाद बढेको थियो। वर्षौंदेखि भिनाजुले सेयरमा १० प्रतिशत ठगिरहेको थाहा पाएपछि वादविवाद गरेका थिए ।
हत्याको दिन मदिरा पिउनेक्रममा विवाद भएपश्चात भिनाजुलाई उद्योगमा पुर्याउन आएका खातीले भिनाजुको हत्या गरेका थिए ।

उक्त घटनाको प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान थालेका थिए। हत्या गरिएका ५४ बर्षिय रेग्मी उदयपुर जिल्ला त्रियुगा नगरपालिका वडा नं. ७ का हुनुहुन्थ्यो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?