गणतन्त्रको रमिता

संगम सापकोटा
  • ख-
  • ख+

तब न निखारिन्छ भबिस्य पढेर भन्दा नि परेर,
खारिँदै जानेछ जीवन उकाली अनि ओराली झरेर।
जन्मिदा जे पनि सानै हुन्छ जव मैले पाएथेँ खुशीहरु,
सानो थोरै भनी हेला गरेँ गयो त्यो बसाइ सरेर।
गणतन्त्रमा देख्नु भो रमिता एक पछि अर्को कान्डै कान्ड,
एकले अर्को ओझेल पारिरहेछ गए कसरी टरेर।
दैत्यराजहरु पालैपालो देशको ढुकुटिमा राज भयो,
मत्त हात्ती गौँ बालिमा जस्तै निस्फिक्री जान्छन् चरेर।
जीवनभर क्रमशः जन्मिन्छन मर्छन अनि कोहि बाँच्छन पनि,
निः शुल्क आउने ती महङ्गा रहर सकिँदैन पुरा गरेर।
साखिल्य बन्न खोज्छन् हजुरलाइ लोभ लाभ देखाएर,
शिकारिले सिकार कसरी गर्छ पासोमा चारो छरेर।
पुग्ने त पुगिसके होलान पुग्दै पनी छन गन्तब्यमा,
डुङ्गा भन्छ म कैले कहाँ पुगुँला यै नदि वारपार तरेर।
अरुलाइ रुवाएर अझै तिमी कति थुपार्दै छौ सम्पत्ति ,
तनको धागो समेत फालिदिन्छन घाटमा लान्छौ के मरेर।

संगम सापकोटा, दमौली तनहुँ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?