बालविवाह विवाह गराउने २ जना पक्राउ

  • ख-
  • ख+

वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले बालविवाह गर्ने गराउने कार्यमा संलग्न भएको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवा बस्ने ४६ वर्षीय बुवा र वहाँका १९ वर्षीय छोरा पक्राउ पर्नुभएको हो । माघ १९ गते १९ वर्षी युवकको विवाह वीरगञ्ज महानगरपालिका वडा नं. १६ लक्ष्मीनारायण टोल बस्ने १७ वर्षीया युवतीसँग भएको थियो ।
वहाँहरुविरुद्ध बालविवाह मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धानअघि बढाइएको प्रहरीले जनाएको छ ।

बाल विवाह गरेको सूचना आएपछि प्रहरीले बेहुला र बेहुलाको बुवालाई फागुन १४ गते पक्राउ गरेर बाल विवाह सम्बन्धी कसूरमा मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनुभएको छ ।

‘बाल विवाह गरेको उजुरी दिने हद म्याद तीन महिनाको हुन्छ, १७ वर्षको केटीसँग बाल विवाह गरेको जानकारी आएपछि वहाँहरुलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएका हौं,’ वहाँले भने, ‘ तराई समाजमा बाल विवाह अत्याधिक हुने गरेको भए पनि उजुरी नआउँदा कारबाहीमा समस्या हुँदो रहेछ । वहाँले भने जानकारीमात्रै दिए पनि हामी कारबाही गर्छौ ।’

बालविवाहको घटना हुन लागेको वा भएको थाहा भएमा तत्कालै नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय पर्सामा सूचना उपलब्ध गराउन पनि प्रहरीले अनुरोध गरेको छ ।

मुलुकी अपराध संहिता २०७४ मा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नपाउने उल्लेख छ । त्यसरी गरिएको विवाह स्वतः बदर हुन्छ ।

यो कसुर प्रमाणित भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिमाना हुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?