ललितपुर । मच्छिन्द्रनाथ धार्मिक महोत्सव फाल्गुण २१ देखी शुरु हुँदैछ । मंगलबार पाटन स्थित मच्छिन्द्र बहालमा पत्रकार सम्मेलन आयोजना गरि सो धार्मिक महोत्सव बारे जानकारी गराईएको हो । पत्रकार सम्मेलनमा जनाइए अनुसार महोत्सव २८ गतेसम्म जारी रहनेछ ।
उक्त पत्रकार सम्मेलन माझ बोल्दै महोत्सव आयोजना समितीका प्रमुख सल्लाहकार पुष्परत्न शाक्यले बौद्ध र हिन्दु दुवै धर्मको सामित्यता हुनुपर्छ भन्ने मान्यताका साथ मच्छिन्द्रनाथ धार्मिक महोत्सव हुन लागेको जानकारी दिदै आलौकिक सांस्कृतिक धरोहर मच्छिन्द्रनाथको महिमा अपरम्पार रहेको बताउनुभएको थियो । आम सुख, शान्ती, आनन्द र सहिस्णुताका लागि पनि महोत्सवको आयोजना गरिएको वहाँले उल्लेख गर्नुभयो । साथै, कार्यक्रम मन्दिर क्षेत्र व्यवस्थापन, धार्मिक जागरुकता, कोभिड महामारीबाट मृत्युवरण गर्नेहरुको आत्माको चिर शान्तीको कामना र संक्रमितको सु स्वास्थ्यको कामना सहित गर्न लागिएको पनि उनले स्पस्ट पार्नुभयो ।
त्यसो त प्रमुख सल्लाहकार शाक्यले उक्त महोत्सवबाट संकलन हुने सम्पूर्ण रकम मन्दिरको अक्षयकोषमा जम्मा हुने र संकलित रकमबाट मच्छिन्द्रनाथ मन्दिरको संरक्षण, विकास तथा वातावरण सुधारमा लगानी गर्ने योजना रहेको पनि उल्लेख गर्नुभयो ।
त्यसैगरि महोत्सव आयोजक कमिटीकी अध्यक्ष शुभद्रा श्रेष्ठले शिवरात्रीमा पशुपतीनाथले मच्छिन्द्रनाथबाट मुकुट धारण गर्ने भएकाले पनि मच्छिन्द्रनाथको धार्मिक महत्वलाई उजागर गर्नुपर्नमा जोड दिदै उक्त महोत्सवमा लाग्ने खर्च व्यक्तिगत रुपमा आँफैले व्यहोर्ने समेत उल्लेख गर्नुभयो ।
सो महोत्सव १००० कलश यात्रा सहित नगर परिक्रमा गरे पस्चात संस्कृतीविद् सत्यमोहन जोशीले महोत्सवको उद्धघाटन गर्ने तय गरिएको छ भने बाल व्यास आचार्य सागरजी महाराजबाट प्रवचन, बौद्ध एवम हिन्दू धर्म गुरुहरुबाट संगितमय धार्मिक प्रवचन हुने पनि सो अवसर माझ जानकारी दिइयो ।








