संसारको सर्वप्राचीन धर्मदर्शन पूर्वीयदर्शन वा हिन्दु दर्शन हो भन्नेमा अव कुनै सङ्का नरहेको विषय हो । हिन्दुहरुको उद्गस्थल भारत वर्षको सिन्धु नदीको आसपास क्षेत्रमा भएको सत्यता पनि अनुसन्धानबाट पुष्टि भएको तथ्य हो । यो पूर्वीयदर्शनमा उल्लेख भएको क्षेत्र तत्कालीन समयमा भारत वर्ष मानिएको भु–भाग हिन्द र अरवसागर देखि उत्तर पश्चिम हालको अफगानिस्तान देखि पूर्वमा क्याम्बोडिया भियतनामसम्म र सोको आसपासका क्षेत्रहरु इरान, इराक, चीनको दक्षिणी क्षेत्र तिव्वत र नेपाल समेतका स्थानहरु थिए, यी सम्पूर्ण भुखण्डलाई आर्यावर्त भनिन्थ्यो । यसै आर्यावर्त अन्तर्गतका उत्तर भारत र नेपालको भुमि आर्य ऋषिहरुको तपस्थली र अनुसन्धान केन्द्रका रुपमा रहेका थिए । जसमा वेदव्यासको जन्म र कर्मस्थल मादी–रचना सेती नदीको संगम दमौली, वाल्मिकी ऋषिको आश्रम वाल्मिकी नगर चितवन, सृङ्ग ऋषिको आश्रम गुल्मी, ने मुनीको आश्रम तथा कर्मस्थल काठमाडौं उपत्यका, संस्कृत व्याकरण रचनाकार पाणिनीको जन्म र व्याकरण रचनास्थल गुल्मी क्षेत्र समेतका अनेक ऋषिहरुको तपस्थली एवम् श्रृजनाभुमी नेपाल देश भएकोमा कुनै दुविधा नरहेको सत्य हो । नेपाल भुमिलाई सत्ययुगमा सत्यवती, त्रेतायुगमा तपोभुमि, द्वापरयुगमा मुक्तिसोपान र कलीयुगमा नेपाल भनिएको पनि प्रसस्त प्रमाणहरु भेटिन्छन् । समग्रमा नेपालभुमि ऋषिहरुको तपोस्थली र कर्मभुमि रहेको थियो । श्रीकृष्णद्वेपायन वेदव्यासको जन्मस्थल दमौलीमा भएका प्रमाणहरु जो महाभारत र अन्य सम्बन्धित ग्रथहरुमा उल्लेख भएका नामस्थलहरु यमना नदी,सेतीनदी, मादीनदी शुक्लानदी,पारकोट देश, चेदीदेश–चुदी, पाथरघाट, छाब्दी वाराही समेतका अनेकौ क्षेत्र यही हामै्र दमौली आसपासमा उपलब्ध रहेकाले वेदव्यासको जन्म यही दमौलीको सेदीमादीको
संगमस्थलमा भएको प्रमाणित हुनसन्छ । त्यसैले तनहुँको दमौली वेदव्यासको जन्मभुमि र अठ्ठार पुराणको रचनास्थल थियो भन्नुमा अव अत्युक्ति हुदैन ।
अव हामी वेदव्यासले रचना गरेका अठ्ठार पुराणहरु के के हुन् ७तिस तिनका विशेषताहरु के के रहेका छन ?
तिनमा भएका वैज्ञानिक पक्षहरुका सम्वन्धमा केही चर्चा गरौं । सर्व प्रथम उनको रचना वेदको हो तिनमा ऋग्वेद, यर्जुर्वद, अथर्ववेद र सामावेद गरी चार भए, भनिन्छ, वेदव्यास पुर्वको समयमा श्रुतिस्मृतिका रुपमा रहेको एकै वेद थियो । त्यसलाई उनले आवश्यक थपघट सहित लिपीवद्ध गरी विशेषता अनुसार चारभागमा विभाजन गरेका थिए । सिद्धान्त, मन्त्र, प्रार्थना आदि समााहित गरी ऋग्वेद; यज्ञविधि, देवस्तुति र प्रकृति पुजन तथा संरक्षण यजुर्वेदका रुपमा; संगीत, कला सहित्य, गायन आदि समाविष्ठ गरी समावेदका रुपमा एवम् राजनीति, शासन र अर्थनीति समेतको समावेस गरेर अथर्ववेदको आकार प्रदान गरी चारवेदको भौतिक रुपमा निर्माण समेत गरेका थिए ।
वेदका अतिरिक्त विभिन्न क्षेत्रका विषयदर्शनको व्याख्यात्मक ज्ञानका लागि अठार पुराणहरुमा समावेश भएका विषयहरु समेत पाइन्छ जो यसप्रकार रहेका थिए ।
ब्रम्हपुराण– सृष्टिको रहश्य, मनु समेत सम्पूर्ण प्राणीको उत्पत्ति, ब्रम्हप्रतिपादन, राजा पृथ्वीको चरित्र तथा सुर्य र चन्द्र्र वंशीको वर्णन समाविष्ट भएको आदिपुण–पहिलोपुराण– हो ।
पद्मपुराण– कमलासन ब्रम्हाज्ािको उत्पत्ति र विष्णु भगवानको महिमा समाष्टि भएको ग्रन्थ हो, श्रृृष्टिखण्डको रुपमा लिइएको यस ग्रन्थमा पुण्यतीर्थहरुको वर्णन र दानको महिमा उल्लेख भएको छ ।
विष्णुपुराण– महर्षी पराशरद्वारा प्रतिपादित, विष्णु भगवानका अवतार र विभिन्न चरित्र एवम् लिलाहरुको वर्णनका साथै भुगोल, ज्योतिष, कर्मकाण्ड, राजवंश, कृष्णचरित्रको विशेषवर्णन आदिका विषय समाविष्ट गरिएको ।
शिवपुराण– शिवको उपासना र महिमा गरिएको पुराण हो । यसका सृष्टि, भुगोल, खगोल, विभिन्न युग, ऋषिहरु, विभिन्न राजवंश एवम् अनेक तीर्थको वर्णन गरिएको छ ।
श्रीमद्भागवत महापुराण– प्रश्नकर्ता राजापरिक्षित र विषयप्रदाता÷व्याख्याता स्वामी शुकदेव एवम् प्रमुख विषयमा भक्तियोग, व्रम्हाण्ड लगायतका सारा संसारको उत्पत्ति सहित भगवान विष्णुका विभिन्न अवतार र चरित्रको वर्णन भएको प्रमुख पुराण तथा सवै पुराणहरुको सारग्रन्थ समेत हो । लोकमा सवैभन्दा वढि प्रयोगमा ल्याइएको पुराण हो–यो ।
नारदपुराण–महर्षी नारदद्वारा वर्णित, विष्णुको महिमा समावेश गरिएको, शिक्षा, कल्प, व्याकरण र ज्योतिष–सिद्धान्त, गणित, छन्दशास्त्रको विवरण रहेको ग्रन्थ हो ।
मार्कण्डेयपुराण–मार्ककण्डेय ऋषिद्वारा व्रmौष्ठि–जैमिनीलाई सुनाएको दुर्गासप्तसती, मदालसा चरित्र, सत्यहरिश्चन्द,्र अत्रि–अनुसुयाको कथा समेटिएको अग्नी, इन्द्र, सुूर्य तथा गृहास्थानतसम, दिनचर्या, नित्यकर्म, मोक्ष, माया, धर्म, योग, आयुर्वेद, युगसस्कार आदि विषयहरु समाविष्ट गरिएको सारगर्वित ग्रन्थ हो ।
अग्नीपुराण अग्नी मुल प्रतिपादक÷प्रतिपाद्य शिवस्वरुपको वर्णन भएको व्रम्हाण्ड, पृथ्वी आदि र ताराग्रह समेतको उत्पत्ति समावेश भएको दर्शन ग्रन्थ हो ।
भविष्यपुराण–भविष्यमा हुनसने कलीधर्मका विषयमा व्याख्या गरिएको हजारौं वर्ष पहिले भविष्यमा पृथ्वी र चराचर जगत्को अवस्थाका सम्वन्धमा पूर्वानुमान सहितका भविष्यवाणी समावेश भएको महत्वपूर्ण ग्रन्थ हो ।
ब्रम्हवैवर्तपुराण–ब्र्रम्हाको उत्पत्ति, भगावानका अवतार र मानवकल्याणका विषय समाविष्ट गरिएको लोकोन्नतिको मार्गदर्शन गरिएको पुराण हो ।
लिङ्गपुराण–शिवको ज्यातिर्लिङ्गको उत्पत्ति कथा, ईशान कल्पवृत्तान्त, दशालक्षण समाविष्ट गरिएको शिवशक्तिको महत्व दर्शाइएको ग्रन्थ होे– यो ग्रन्थ ।
वराह पुराण– भगवान श्रीहरिको वराह अवतारको वर्णन मुख्यकथा भएको, नारायण पुजा–विधान, शिव–पार्वतीको कथा, आदित्यतीर्थ, चत्रतीर्थ आदिको महिमा वर्णन समाविष्ट भएको व्रह्माण्ड, खगोग, भुगोग, गणित आदिका विषयहरु समेत समावेस भएको ग्रन्थ लोकोन्नतिको कामना गरिएको पुसराण हो –यो
।
स्कन्ध पुराण–भवान कार्तिकेय–स्कन्धद्वारा कथित, रामायण, भागत आदि ग्रन्थको माहात्म्य, शिवरात्री र सत्यनारायणका व्रतकथा वर्णन, वद्रीकाश्रम, अयोध्या, जगन्नाथपुरी आदि स्थानको महिमा र वर्णन, शैव, स्कन्ध, भक्ति समेत तीर्थमहिमाको वर्णन समावेश भएको ग्रन्थ हो–स्कन्धपुराण ।
वामनपुराण–विष्णु भगवान्को वामन अवतारको वर्णन र माहात्म्य समावेश गरिएको, मुख्यतः शिवलिङ्ग पुजा,गणेश–स्कन्ध आख्यान, शिवपार्वती विवाह, भगवती दुर्गाका उत्तम चरित्रको वर्णन, प्रल्हाद भक्ति कथा आदि समावेश गरिएको पौराणिक ग्रन्थ हो ।
कुर्मपुराण– भगवान विष्णुको कुर्मावतारका सम्वन्धमा वर्णन गरिएको, यसपुराण सर्वप्रथम राजा इन्द्रद्युम्नले सुनेका तथा समुन्द्र्र मन्थनका समयमा स्वयम् भगवान् विष्णुले नारदादि देवगणलाई सुनाउनु भएको, पछि नैमिसारण्डेय क्षेत्रमा ऋषिगणले सुनेका प्रमुख विशषता विष्णुभक्तिका माध्यमले जीवनको सार्थकता पाउने उल्लेख भएको महत्वपूर्ण पुराण हो–यो ।
मत्स्यपुराण– भगवान् श्रीहरिको मत्स्यावतारको वर्णन गरिएको पुराण,यसमा तीर्थ, व्रत, दानधर्म, यज्ञ आदिको वर्णन भएको, यसको प्रमुख विशेषतामा जलप्रलय, मत्स्यरुप भगवान र मनुको संवाद, प्रयाग, नर्मदा, कैलाशको वर्णन, राजधर्म लगायत अनेक शास्त्रहरुको वर्णन समाविष्ट गरिएको पुराण हो ।
गरुढमहापुराण–गरुण श्रोता,नारायण वक्ता, देवार्चन, तीर्थवर्णन, भुवनवृत्तान्त, मृत्यवर्णन, स्वर्ग–नर्क, मृत्युपर्यन्त मोक्ष,जीवनको अन्तिम संस्कारमा गरिने दानादि कार्यको विषय भएको, प्रकृति र वातावरण संरक्षण र मानव नैतिकताका विषयहरु समेत समावेश दर्शनशास्त्रीय पुराण हो ।
ब्रम्हाण्ड पुराण– भगवान् व्रम्हाजीद्वारा विश्वब्रम्हाणको श्रृृष्टि गरिएको विषयको वर्णन समावेश भएको पुराण हो । उक्त महापुराण वाहेकका अन्य पुराणहरुले दर्शनको व्याख्या र थप विषयहरुको दार्शनिकज्ञान प्रदान गर्ने शास्त्रहरु र महाभारत जस्तो विशाल महाकाब्य समेतका पूर्वीयदर्शनका उपाङ्गहरु वेदव्यासले नै यसै भुमिमा रचना गरेका थिए । यी ग्रन्थहरुको रचना क्रममा वेदव्यासका वाचनलाई गणेश जीद्वारा लेखन र लिपीवद्ध भएको मान्यता रहेको छ । त्यो पवित्र रचनास्थ भनेको हाम्रो दमौली नै थियो । वेदको वैज्ञानिकताका विषयमा भन्नुपर्दा वेदमा भएको जति वैज्ञानिकता, समाजशास्त्र, राजनीतिशास्त्र,
चिकित्साशास्त्र, आविष्कार आजको संसारमा भएकै छैन । आजको युगका वैज्ञानिक भनिएकाहरु आइज्याक न्युटन, ग्रेरगर मण्डल, चाल्र्स डार्विन,अल्वर्ट आइनस्टाइन, राइटदाजुभाई र महान गणितज्ञ पाइथागोरका सिद्धान्तहरु सवै वेद र अठ्ठार पुराणमा रहेका छन् । एउटा उदाहरणको रुपमा हाम्रो गणित पाठ्यमा रहेको पाइथागोरसको सिद्धान्त नारद पुराणमा यसरी उल्लेख भएको छ । उनले रेखागणित र त्रिकोणमितिका सिद्धान्तको अनुसन्धात गरी सिद्धान्तको रुपमा प्रतिपादन गरिएको मानिएको छ । उनको प्रमुख गणितीय सिद्धान्तमा एउटा समकोणी त्रिभुजमा कर्णको वर्ग त्यसैको आधार रेखा र लम्वरेखाहरुको वर्गको योग वरावर हुन्छ p (2 Sq.)+b(2 Sq.)=h(2 Sq.) भन्ने हो । यसैका आधारमा त्रिकोण मिति नामक गणितको एक अङ्ग–शाखा विकास भएको मनिएको छ ।
उनको यो गणितीय सिद्धान्त इ. पू. –४९५ का वीच प्रतिपादन गरेका थिए ।
पूर्वीयदर्शनको अठारपुराण मध्यको एक वेदव्यासको रचना नारदपुराणको ज्योतिष, गणित र व्रम्हाण्डका सत्यताका सम्वन्धमा यसरि उल्लेख भएर रहेको छ ।
भुजकोटिकृतेर्याेगमुलं कर्णश्चदोभर्वेते ।
श्रुतिकोटिकृतेरेन्तःपदंयो कर्ण वर्गयोः।।
(अर्थात् भुज–आधार र कोटी–लम्वको वर्गको योग कर्णको वर्गको वरावर हुन्छ अथवा भुजा वा कोटीको वर्गको कर्णको वर्गसंगको अन्तर भुजा वा कोटीको वर्ग शेष हुन्छ । यस्तै विषयक नियम चर्तुभुज क्षेत्रमा आधाअंशमा समेत लागु हुन्छ ।)
यसरी नै ज्योतिषमा छाया सिद्धान्तमा स्पष्ट किटानीका साथ यस समकोणीय सिद्धान्तका सम्वन्धमा उल्लेख भएको अंश यस्तो छ:
शङ्कुच्छायाकृृतियुतेर्मुलं कणोऽस्य वर्गतः ।
प्रोज्झ्य शङ्ककृृतिं मुलंछाया शङ्कुर्विपर्ययात् ।।३.८ ।। सूर्यसिद्धान्त
(अर्थात् शङ्कु (लम्व), छाया (आधार) ती दुईको योजक कर्ण मध्ये शङ्कु र छायाको वर्यको योगफल कर्णको वर्ग हन्छ )
शङ्कु (2 Sq.)+ छाया(2 Sq.)= कर्ण(2 Sq.) हुन्छ भनी स्पष्ट सुत्रवद्ध गरिएको छ । जो आजको विश्वमा p (2 Sq.)+b(2 Sq.)=h(2 Sq.) भनी भानिएको गणितको सिद्धान्त हो ।
यसै विषयमा भारत वर्षका महान् गणितज्ञ आर्य भट्टले पनि आफ्नो गणित पुस्तकमा यसरी उल्लेख गरेका थिए ।
यश्चैव भुजावर्गः कोटीवर्गश्चकर्णवर्गः सः।।
(अर्थात् समकोण त्रिभुजको आधार र कोटी–लम्वको वर्गको योग कर्णको वर्गको योग वरावर हुन्छ ) ।
यो विषय स्पष्ट उल्लेख गरेका छन् । हालको विश्वमा र आधुनिक विज्ञानले पाइथागोरसको मानेको यो सिद्धान्त उनको नभई पूर्वीयदर्शनको गणितको एक अंश थियो । सो पूवीयदर्शनमा लाखौं वर्ष पहिलो प्रतिपादन भएर हजारौं वर्ष पहिले ग्रन्थहरुमा लिपीवद्ध भइसकेका र वास्तुकला आदि कार्यमा यसको प्रयोग समेत भइसकेको थियो । यो सिद्धान्त पाश्चात्यको नभई पूर्वीयदर्शनको धरोहरको रुपमा रहेको वेदव्यासको रचना हा,े जो गणित विज्ञानको तथ्य थियो । आज पनि ती सिद्धान्तहरु वेदव्यास रचित ग्रन्थहरुमा सुरक्षित रहेको तथ्य माथि उल्लेख गरिएको हो । यी सबै महान्, अलौकिक सिद्धान्त र अमुल्य ग्रन्थहरुको रचना वेदव्यासद्वारा यही हाम्रौ दमौलीमा भएको थियो, यो भुमि पवित्र थियो र आज पनि रहेको छ । यी ग्रन्थहरुमा उल्लेख भएका सिद्धान्तहरु अत्यन्त वैज्ञानिक छन् र आजका वैज्ञानिकहरुले प्रतिपादन गरिएका भनिएका सवैजसो सिद्धान्तहरु वेदव्यासका रचनामा समेटिएका छन् । ती सिद्धान्तहरुलाई आजका कुनै विज्ञानले खण्डन गरी असत्य सावित गर्न सक्दैन । महाभारतको अंशको रुपमा रहेको गीतामा जीवनका हरेक पक्ष समाहित भई रहेका छन् भने जीवनमा आउने र आउन सक्ने हरेक समस्याहरुको उचित समाधानका उपायहरु उल्लेख भएका छन् । हामीले हामी भित्रका हिरालाई चिन्न सकिरहेका छैनौ र व्यासका ती रचनाहरुको गहन अध्ययनबाट जीवनको सार्थकता पाउनु आजको अवश्यता हो भन्न सकिन्छ । यत्रो विशाल ग्रन्थहरुको रचनास्थल यस पावनभुमि व्यास क्षेत्रको महत्वलाई हामीले बुझ्न सकेका छैनौ, यसको वास्तविकता बुझी व्यापक प्रचारमा ल्याएर यो भुमि विश्वको आकर्षको केन्द्रको रुपमा विकास गरी यस क्षेत्रको थप महत्व बोधगराउनु यहाँका वासिन्दाको दायित्य भित्र पर्दछ । यो विषय यस क्षेत्रका वासिन्दाको आर्थिक उन्नतिको आधार समेत हुनसक्छ ।
–विष्णु प्रसाद वाग्ले
भानु –६, हाल व्यास–२ दमौली








